स्कटल्यान्डद्वारा इटालीलाई २०८ रनको लक्ष्य
सोमबार, २६ माघ २०८२, १२ : ५५
सारांश
- स्कटल्यान्डले इटालीलाई टी-२० विश्वकप क्रिकेटमा २०८ रनको लक्ष्य दियो।
- जर्ज मुन्सेले ८४ रनको अर्धशतकीय पारी खेले भने ब्रान्डोन म्याक मुलेनले नट आउट ४१ रन बनाए।
- इटालीका लागि अली हसन, ग्रान्ड स्वेटर, थोमस डार्क र जेजे स्मिथले एक एक विकेट लिए।
काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा स्कटल्यान्डले इटालीलाई जितका लागि २०८ रनको ल्ष्य दिएको छ । इडेन गार्डेन्समा टस हारेर पहिले ब्याटिङ गरेको स्टकल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०७ रन बनायो ।
स्कटल्यान्डका लागि जर्ज मुन्सेले सर्वाधिक ८४ रनको अर्धशतकीय पारी खेले । ५४ बल खेलेका उनले १३ चौका र २ छक्का प्रहार गरे । त्यस्तै ब्रान्डोन म्याक मुलेनले नट आउट ४१ रन बनाउँदा मिचेल जोन्सले ३७ रनको योगदान गरे ।
बलिङतर्फ इटालीका लागि अली हसन, ग्रान्ड स्वेटर, थोमस डार्क र जेजे स्मिथले एक एक विकेट लिए । आजको खेलमा जित निकाल्दै स्कटल्यान्ड प्रतियोगितामा आफ्नो सुपर आठको सम्भावना कायम राख्न चाहन्छ । यता इटाली जितबाट प्रतियोगिताको सुरुवात गर्ने योजनामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण