९७ वर्षीय अर्बपतिको प्रेम : छोराले पागल साबित गर्न खोज्दा अदालतले दियो राहत
सारांश
- सिंगापुरका एक ९७ वर्षीय वृद्धले ५० वर्ष पुरानो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने निर्णय गरेपछि पारिवारिक विवाद सुरु भयो।
- वृद्धका छोराले बाबुलाई मानसिक रूपमा अस्वस्थ भएको दाबी गर्दै अदालतमा मुद्दा दायर गरे, तर अदालतले उनको माग खारेज गर्यो।
- अदालतले वृद्धलाई सम्पत्ति र विवाह सम्बन्धी निर्णय लिन सक्षम रहेको ठहर गर्यो, तर छोराले पुनरावेदन गरेपछि उनको विवाहको सपना अझै अधुरो छ।
सिंगापुर । सन् १९५० मा विवाह गरेर तीन छोराका पिता बनेका सिंगापुरका एक वृद्धको जीवन यतिबेला विश्वभर चर्चाको विषय बनेको छ। सन् १९७१ देखि आफ्नै सेक्रेटरीसँग प्रेम सम्बन्धमा रहेका ती ९७ वर्षीय वृद्धले आफ्नी पत्नीको मृत्युपछि प्रेमिकालाई घर भित्र्याएका थिए।
तर, सन् २०२१ मा उनले ५० वर्षदेखिको आफ्नो प्रेम सम्बन्धलाई विवाहमा बदल्ने घोषणा गरेपछि पारिवारिक कलहले उग्र रूप लियो। ९७ वर्षको उमेरमा बाबुले विवाह गर्न लागेको खबर सुन्नासाथ उनका दोस्रो छोराले अदालतमा मुद्दा हालेर आफ्ना पितालाई ‘मानसिक रूपमा सक्षम नभएको’ घोषणा गर्न माग गरे।
छोराको दाबीअनुसार सन् २०१७ मा लडेपछि बाबुलाई डिमेन्सिया भएको र उनले सही निर्णय लिन नसक्ने भएकाले प्रेमिकाले उनलाई प्रभावित गरिरहेकी थिइन्। सन् १९६० मा केमिकल कम्पनी स्थापना गरेर अर्बौँको सम्पत्ति जोडेका ती वृद्धले छोराको यस्तो व्यवहारपछि आफ्नो इच्छापत्र नै संशोधन गरिदिए।
उनले छोरा र नातिलाई अंशबाट वञ्चित गर्दै झन्डै ३० लाख डलर र कम्पनीको सम्पत्ति फिर्ता माग्दै उल्टै मुद्दा दायर गरे। प्रतिशोधमा उनले आफ्नै नातिलाई घरबाट निकाल्ने प्रयाससमेत गरे।
अदालतमा पेस गरिएको चिकित्सा प्रमाणले ती वृद्धमा उमेरका कारण सामान्य बिर्सने समस्या भए पनि विवाह र सम्पत्तिको निर्णय गर्न उनी पूर्ण रूपमा सक्षम रहेको देखायो। न्यायाधीश शोभा नायरले छोराको दाबीमाथि प्रश्न उठाउँदै भनिन्, यदि बाबु मानसिक रूपमा असक्षम थिए भने उनै छोराले सन् २०१९ मा बाबुलाई कम्पनीको सीईओ नियुक्त गर्न कसरी सहमति दिए?
अदालतले ५० वर्षदेखि एउटै महिलासँग सम्बन्धमा रहेका वृद्धलाई कसैले ठगेको वा शोषण गरेको कुनै प्रमाण नभेटिएको भन्दै छोराको माग खारेज गरिदियो।
अदालतले वृद्धको पक्षमा फैसला सुनाए पनि छोराले पुनरावेदन गरेका कारण ९७ वर्षको उमेरमा पुनः दुलहा बन्ने उनको सपनाका लागि अझै केही समय प्रतीक्षा गर्नुपर्ने भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण