बैतडीमा एक पुरुष मृत अवस्थामा फेला
सोमबार, २६ माघ २०८२, १३ : ४३
सारांश
- बैतडीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
- मृतक सिगास गाउँपालिकाका ३६ वर्षीय खडक विष्ट हुन्।
- प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ, स्थानीयले निष्पक्ष छानबिनको माग गरेका छन्।
बैतडी । बैतडीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको सिगास गाउँपालिका वडा नं १ दुदीलाखानका अन्दाजी ३६ वर्षका खडक विष्ट घर नजिकै मृत अवस्थामा फेला परेका हुन् ।
आइतबार बिहान घरबाट हिँडेका विष्ट आज बिहान स्थानीयले घर नजिकै बाटोमा घोप्टो परेको अवस्थामा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
बाटोमुनि विष्ट मृत अवस्थामा भेटिएको र यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।
अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी खटिएको छ ।
प्रारम्भिक अनुसन्धान अनुसार शरीरमा निलडाम रहेको देखिएकाले यस विषयमा निष्पक्ष अनुसन्धान हुनुपर्ने स्थानीयले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण