एन्फा महिला च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा
सारांश
- उदयपुरको त्रियुगा रंगशालामा फागुन १ देखि ९ गतेसम्म रेडबुल एन्फा महिला च्याम्पियनसिप फुटबल हुने भएको छ।
- प्रतियोगितामा देशभरका १० टिमको सहभागिता रहनेछ, जसमा एनआरटी, आर्मी, पुलिस क्लब लगायत छन्।
- विजेताले ७ लाख ५० हजार र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिकास्थित थरुहट रङ्गशालामा यही फागुन १ देखि ९ गतेसम्म सञ्चालन हुने रेडबुल एन्फा महिला च्याम्पियनसिप नकआउट फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो । नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा देशभरका १० टिमको सहभागिता रहनेछ ।
प्रतियोगितामा गाईघाट एफसी, न्युरोड टिम (एनआरटी), त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, एफसी रियाले, एपीएफ फुटबल क्लब, आरएस रिसोर्ट एन्ड बिच फुटबल, चर्च ब्वाइज युनाइटेड, छहारी एफसी र संकटा एफसी सहभागी हुनेछन् ।
प्रतियोगिताको विजेताले ७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ । त्यस्तै, सेमिफाइनल चरणमा पराजित हुने दुई टिमलाई जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण