दक्षिण एसियाकै उत्कृष्ट साझेदार अर्बिट ग्रुपलाई लन्डनमा सम्मान गरिने
काठमाडौँ । दक्षिण एसियाकै उत्कृष्ट साझेदार अर्बिट ग्रुपलाई लन्डनमा सम्मान गरिने भएको छ । मार्च २३ मा ब्रिटिश काउन्सिलको मुख्यालय लन्डनमा हुने विशेष समारोहमा अर्बिटलाई सम्मान गरिने बताइएको छ।
बागलुङका युवा व्यवसायी सुनील रेग्मीले अन्तर्राष्ट्रिय परीक्षा प्रयोजनका लागि ब्रिटिश काउन्सिलसँग एक्सक्लुसिभ सहकार्य गर्दै आएका छन् ।

सन् २०२५ को अगस्टदेखि नोभेम्बरसम्म सञ्चालन गरिएको आइईएलटीएससम्बन्धी व्यावसायिक कारोबारमा उत्कृष्ट प्रदर्शन गर्दै अर्बिट दक्षिण एसियाकै उत्कृष्ट बनेको हो ।
काठमाडौँको म्यारियट होटलमा आयोजित 'ग्लोबल च्यानल पार्टनर एनाउन्समेन्ट' समारोहमा ब्रिटिश काउन्सिलले अर्बिटका प्रबन्ध निर्देशक रेग्मीलाई सम्मानसहित बोर्डिङ पास पनि उपलब्ध गराएको छ ।
काउन्सिलले आगामी व्यावसायिक साझेदारीका लागि नयाँ बाटो खुलेको समेत जानकारी गराएको छ। अर्बिटले काठमाडौँमा ठुलो कम्प्युटर टेस्ट सेन्टर खोल्ने समेत बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोलनको ‘द ओडिसी’ सामाजिक सञ्जालमा लिक, २० लाखभन्दा बढीले हेरे
-
‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग
-
पोखरामा अमेरिकी नागरिकको मृत्यु
-
‘रोल नं. १’ र ‘भागदौड’को आम्दानी कति ?
-
प्रचण्डको निर्वाचन क्षेत्रमा समानान्तर समिति बनाउने प्रयास असफल
-
ठुला प्रविधि कम्पनीविरुद्ध उर्लंदो जनलहर : डाटा सेन्टर रोक्ने विश्वव्यापी अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण