मिसन–२०२६ लाई निरन्तरता दिन प्रधानमन्त्रीको निर्देशन, बजेट अभाव टार्न अर्थ मन्त्रालयसँग समन्वय गरिने
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले 'मिसन-२०२६' लाई प्रभावकारी रूपमा अगाडि बढाउन निर्देशन दिइन्।
- राखेपले एसियाली खेलकुदका लागि बजेट अभाव हुन नदिने र आवश्यक रकम व्यवस्थापन गर्ने प्रतिबद्धता जनायो।
- प्रधानमन्त्रीले फागुन २१ गते हुने निर्वाचन लगत्तै विशेष प्रशिक्षणलाई तीव्रता दिन आग्रह गरिन्।
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अघि सारेको 'मिसन–२०२६' लाई प्रभावकारी रूपमा अगाडि बढाउन प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिएकी छन्। सन् २०२६ मा जापानमा हुने २०औँ एसियाली खेलकुदमा स्वर्ण पदक सहित दोहोरो अङ्कमा पदक ल्याउने लक्ष्यलाई सफल पार्न प्रधानमन्त्रीले यस्तो निर्देशन दिएकी हुन्।
मिसन–२०२६ को प्रगति र देखिएका चुनौतीबारे जानकारी दिन राखेप सदस्य–सचिव रामचरित्र मेहता नेतृत्वको टोली बालुवाटार पुगेको थियो। सो क्रममा प्रधानमन्त्री कार्कीले खेलकुदको तयारीका लागि बजेट अभाव हुन नदिने र आवश्यक रकम व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग समन्वय गर्ने प्रतिबद्धता जनाइन्।
राखेपले विगत दुई वर्षदेखि १० खेलका ११ टिमलाई विशेष प्रशिक्षण दिँदै आएको छ। चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेट माघ महिनासम्मका लागि मात्र पुग्ने भएपछि बाँकी अवधिको प्रशिक्षणका लागि राखेपले सरकारसँग थप बजेट माग गरेको हो। सदस्य–सचिव मेहताले एसियाली खेलकुदको तयारीको अवस्था र हालसम्मको उपलब्धिबारे प्रधानमन्त्रीलाई विस्तृत जानकारी गराएका थिए।
भेटका क्रममा प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुने निर्वाचन लगत्तै विशेष प्रशिक्षणलाई तीव्रता दिन आग्रह गरिन्। उनले राम्रो तयारी गरेरै देशका लागि पदक ल्याउने उद्देश्य पूरा गर्नुपर्नेमा जोड दिइन्।
छलफलमा राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दीपक विष्ट र उपनिर्देशक दीपक श्रेष्ठको समेत सहभागिता थियो। राखेपले सन् २०२६ को एसियाडलाई लक्षित गरी अहिलेदेखि नै खेलाडीहरूलाई बन्द प्रशिक्षण र विशेष वैदेशिक प्रशिक्षणमा राख्ने योजना बनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्रीको भनाइबारे एमालेले माग्यो जवाफ
-
हेलिकप्टर दुर्घटनामा अमेरिकी गायक ओलिभर ट्रीको निधन
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण