मोरङमा हतियार र वाकीटकीसहित दुई युवक पक्राउ
सारांश
- मोरङको सुन्दरहरैचामा प्रहरीले हतियार र सञ्चार सेटसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
- प्रहरीले २८ वर्षीय सिलास लिम्बुको घरबाट पेस्तोल, भरुवा बन्दुक र हेण्डसेट बरामद गरेको छ।
- प्रहरीको सोधपुछमा लिम्बुले हतियार प्रेम बहादुर गुरुङबाट लिएको बताएपछि गुरुङलाई पनि पक्राउ गरिएको छ।
विराटनगर । मोरङको सुन्दरहरैचामा प्रहरीले हतियार र सञ्चार सेटसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुको घरबाट पेस्तोल, भरुवा बन्दुक र हेण्डसेट बरामद गरेको हो।
आइतबार बेलुका इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी गछियाको संयुक्त टोलीले लिम्बुको घरमा छापा मारेको थियो। खानतलासीका क्रममा उनको सुत्ने कोठाबाट ‘मेड इन यूएसए’ लेखिएको एक थान पेस्तोल, बाओफेङ लेखिएका दुई थान हेण्डसेट र भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा लिम्बुले उक्त हतियार र हेण्डसेट सुन्दरहरैचा-३ का २९ वर्षीय प्रेम बहादुर गुरुङबाट लिएको खुलाएका थिए। लगत्तै प्रहरीले गुरुङलाई पनि उनकै घरबाट नियन्त्रणमा लिएको छ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर थप अनुसन्धान अघि बढाइएको मोरङका प्रहरी प्रवक्ता हरिनन्दन चौधरीले जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण