स्वर्गीय यादवप्रति कांग्रेस शीर्ष नेताहरूको श्रद्धाञ्जली, मधेसका आठै जिल्लाका पार्टी कार्यालय बन्द
सारांश
- नेपाली कांग्रेस मधेस प्रदेशका कोषाध्यक्ष प्रदीप कुमार यादवप्रति शीर्ष नेताहरूले श्रद्धाञ्जली अर्पण गरे।
- यादवको निधनले पार्टी र मधेसको राजनीतिमा अपूरणीय क्षति पुगेको नेताहरूले बताए।
- कांग्रेस मधेस प्रदेशले शोक कार्यक्रम सार्वजनिक गर्दै आठै जिल्लाका पार्टी कार्यालय बन्द गर्ने निर्णय गर्यो।
जनकपुरधाम । नेपाली कांग्रेस मधेस प्रदेशका कोषाध्यक्ष एवं हंसपुर नगरपालिकाका प्रमुख स्वर्गीय प्रदीप कुमार यादवप्रति कांग्रेसका शीर्ष नेताहरूले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
स्वर्गीय यादवको निजी निवास पुगेर कांग्रेस नेता विमलेन्द्र निधि, मधेस प्रदेशका मुख्यमन्त्री एवं प्रदेश सभापति कृष्ण प्रसाद यादव, नेता महेन्द्र यादव लगायतले उनीप्रति अन्तिम सम्मान प्रकट गरेका हुन्। श्रद्धाञ्जलीका क्रममा नेताहरूले यादवको पार्थिव शरीरमा पार्टीको चारतारे झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए।
पार्टी र स्थानीय तहको विकासमा इमानदार, समर्पित र जनप्रिय नेतृत्वका रूपमा चिनिएका यादव मधेस प्रदेश नगरपालिका संघका अध्यक्ष समेत थिए। उनको निधनले पार्टी र समग्र मधेसको राजनीतिमा अपूरणीय क्षति पुगेको नेताहरूले बताएका छन्। यादवको योगदानको कदर गर्दै कांग्रेस मधेस प्रदेश कार्यसमितिले उनको सम्मानमा विभिन्न शोक कार्यक्रमहरू समेत सार्वजनिक गरेको छ।
मधेस प्रदेश कार्यसमितिको आकस्मिक बैठकले स्वर्गीय यादवप्रति सम्मान व्यक्त गर्दै एक मिनेट मौन धारणसहित शोक प्रस्ताव पारित गरेको हो। बैठकको निर्णयअनुसार आज मधेस प्रदेशका आठै जिल्लाका पार्टी कार्यालयहरू शोकमा बन्द राखिनेछ।
त्यस्तै, माघ २७ र २८ गते दुई दिन पार्टीको झण्डा आधा झुकाइने, सबै जिल्ला कार्यालयमा शोक पुस्तिका राखिने र १३औँ दिनको पुण्यतिथिमा मधेस प्रदेश कार्यालयमा विशेष श्रद्धाञ्जली सभा आयोजना गरिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण