महाशिवरात्रिका लागि गुठी संस्थानले छुट्ट्यायो ४० लाख बजेट, तयारी पूरा
सारांश
- गुठी संस्थानले महाशिवरात्रि पर्वका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
- पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि भोजन, जलपान र धुनीको व्यवस्था मिलाइनेछ।
- शिवरात्रि सकिएपछि साधुसन्तलाई दक्षिणा दिएर बिदाइ गर्ने तयारी छ।
काठमाडौँ । यस वर्षको महाशिवरात्रि पर्व व्यवस्थापनका लागि गुठी संस्थानले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। मंगलबार त्रिपुरेश्वरस्थित प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संस्थानले शिवरात्रिको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।
कुल बजेटमध्ये पर्व सञ्चालनका लागि ३२ लाख र साधुसन्तका लागि धुनी बाल्ने दाउरा खरिद गर्न ८ लाख रुपैयाँ खर्च गरिने संस्थानका प्रवक्ता एवं मुख्य कानुन अधिकृत जनक पोखरेलले बताए। पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि भोजन, जलपान र धुनीको व्यवस्था मिलाइएको छ।
फागुन ३ गते महाशिवरात्रिका दिन संस्थानको पशुपति शाखा कार्यालयबाट पञ्चामृतसहित पूजा सामग्री पशुपतिनाथको मन्दिरमा अर्पण गर्ने र सोही दिन साँझ मन्दिर परिसरमा बत्ती बाल्ने कार्यक्रम रहेको प्रवक्ता पोखरेलले जानकारी दिए।
शिवरात्रि सकिएपछि फागुन ५ गते पशुपति आएका साधुसन्तलाई उनीहरूको योग्यता र श्रेणीअनुसार दक्षिणा दिएर बिदाइ गर्ने संस्थानको तयारी छ। साधु, सन्त र महन्तहरूका लागि शिवरात्रि अवधिभर विभिन्न स्थानमा धुनी ताप्ने दाउरा र खानपिनको उचित प्रबन्ध मिलाइएको संस्थानले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण