खाद्यान्नमा मिसावट गर्ने १९ व्यवसायीमाथि मुद्दा चलाउने तयारी
सारांश
- खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले खाद्यान्नमा मिसावट गर्ने १९ जना व्यवसायीविरुद्ध मुद्दा दायर गर्ने प्रक्रिया थालेको छ।
- बजार अनुगमन र नमुना परीक्षणमा कैफियत भेटिएका व्यवसायीहरूलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा चलाइने भएको छ।
- कार्यालयले स्वास्थ्यमा प्रतिकूल असर गर्ने र म्याद गुज्रेका सामान बिक्री गर्नेलाई कारबाही गर्ने जनाएको छ, जसमा १ लाख २ हजार बराबरको अखाद्य वस्तु जफत गरियो।
हेटौँडा । खाद्यान्नमा मिसावट गर्ने र अखाद्य वस्तु बिक्री गर्ने १९ जना व्यवसायीविरुद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले मुद्दा दायर गर्ने प्रक्रिया अघि बढाएको छ। चालू आर्थिक वर्ष २०८२/८३ मा गरिएको बजार अनुगमन र सङ्कलित नमुना परीक्षणका क्रममा कैफियत भेटिएका व्यवसायीहरूमाथि कानुनी कारबाहीको तयारी गरिएको हो।
कार्यालय प्रमुख बिनिता पोखरेलका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत व्यवसायीहरूमाथि मुद्दा चलाउन अहिले अनुसन्धान भइरहेको छ। सरकारी वकिलको कार्यालयसँगको समन्वयमा मुद्दाको प्रक्रिया अघि बढे पनि पछिल्लो समयको 'जेनजी' आन्दोलनका कारण अदालतमा मुद्दा दर्ता हुन बाँकी रहेको उनले जानकारी दिइन्। अबको केही दिनभित्रै सम्बन्धित जिल्ला अदालतहरूमा मुद्दा दायर गरिने कार्यालयको भनाइ छ। अघिल्लो आर्थिक वर्षमा सोही कार्यालयले ४४ जना व्यापारीविरुद्ध मुद्दा चलाएको थियो।
अनुगमनका क्रममा स्वास्थ्यमा प्रतिकूल असर गर्ने गरी मिसावट गर्ने र म्याद गुज्रेका सामान बिक्री गर्नेलाई मुख्य तारो बनाइएको छ। कार्यालयले चालू आवमा २४५ नमुना विश्लेषण गर्दा १६ वटा नमुना प्रतिकूल भेटिएका थिए। प्रतिकूल नमुना देखिएका व्यवसायीहरूलाई कानुनी दायरामा ल्याउने, पुनः जाँच गराई सुधार गर्न लगाउने र सचेत गराउने काम भइरहेको छ।
सोही अवधिमा उपभोग्य मिति समाप्त भएका, लेभल नभएका र सडेगलेका करिब १ लाख २ हजार रुपैयाँ बराबरका ३११ किलो अखाद्य वस्तु जफत गरी नष्ट गरिएको छ। हालसम्म १२१ खाद्यान्न बजार, १०० खाद्य तथा दाना उद्योग र ५६ वटा होटल तथा रेष्टुराँमा निरीक्षण गरिएको कार्यालयले जनाएको छ। यसै अवधिमा विभिन्न शीर्षकबाट १० लाख ४ हजार रुपैयाँभन्दा बढी राजस्व समेत सङ्कलन भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण