एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ (तस्बिर)
सारांश
- एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरियो, जसमा पूजा महतोले कप्तानी गर्नेछिन्।
- इन्दु बर्मा चोटका कारण बाहिरिएपछि पूजालाई कप्तानको जिम्मेवारी दिइएको हो, र टोलीमा नयाँ खेलाडीहरूले मौका पाएका छन्।
- नेपाल समूह 'ए' मा भारत 'ए', पाकिस्तान 'ए' र यूएईसँग छ, र फेब्रुअरी १३ मा पाकिस्तान 'ए' सँग पहिलो खेल खेल्नेछ।
काठमाडौँ । यही साता थाइल्यान्डमा सुरु हुने एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ । यस पटक टिमको कप्तानी पूजा महतोले गर्दै छिन् । उनीहरूलाई एक विशेष कार्यक्रमकाबिच बिदाइ गरिएको हो।
_AKeGVm2UCq.jpg)
नियमित कप्तान इन्दु बर्मा चोटाका कारण कम्तीमा ८ साताका लागि मैदानबाहिर रहने भएपछि यसअघिकी उपकप्तान पूजालाई कप्तानको जिम्मेवारी दिइएको हो । प्रतियोगिताका लागि पूजाको कप्तानीमा नेपालको १५ सदस्यीय टोली पनि घोषणा भएको छ ।
_dzz3zNBPVz.jpg)
पूजाले पहिलोपटक सिनियर टोलीको कप्तानी गर्न लागेकी हुन् ।यसअघि पूजाले यू-१९ महिला टी-२० विश्वकपमा भने नेपाली यू-१९ टोलीको कप्तानी गरेकी छन् ।
_4oiky6qHCk.jpg)
नेपालको टोलीमा अनु कडायत, सीमाना केसी र रुबी पोद्दारले मौका पाएका छन् । विश्वकप छनोटको टोलीबाट रचना चौधरी, राजमती ऐरी र इन्दु बर्मा बाहिरिएका छन् । राइजिङ स्टार्स महिला एसिया कपमा नेपाल समूह ‘ए’ मा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएईसँग परेको छ ।
समूह ‘बी’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, मलेसिया र थाइल्यान्ड छन् । फेब्रुअरी १३ देखि सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले पाकिस्तान ‘ए’ सँग खेल्नेछ भने सोही दिन भारत ‘ए’ र युएईबिच पनि प्रतिस्पर्धा हुनेछ ।
_gDYXqrp0Ny.jpg)
_yiwMEaF4Lx.jpg)
_vzYezOWL59.jpg)
_lSuDCTR2q0.jpg)
_DDRszoHIuk.jpg)
_AzxPE8sCpN.jpg)
_57wbPNLNqV.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026