भिजिट भिसा प्रकरण : बिचौलिया खड्कालाई ५ लाख धरौटीमा छाड्न आदेश
काठमाडौँ । विशेष अदालतले भिजिट भिसा प्रकरणमा लाखौँ रुपैयाँ असुली काण्डमा बिचौलिया बालकृष्ण खड्कालाई ५ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
मंगलबार विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ/विदुर कोइरालाको इजलासले ग्रिनलाइन होलिडेज प्रालिका सञ्चालक खड्कालाई धरौटीमा छाड्ने आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २५ मंसिरमा सहसचिव तिर्थराज भट्टराईसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । जसमा प्रतिवादी रहेका भट्टराई यसअघि नै पाँच लाख रुपैयाँ धरौटीमा छुटिसकेका छन् ।
अख्तियारको अनुसन्धानमा खड्काले भिजिट भिसामा जाने मान्छे खोज्ने र भट्टराईले सोहीअनुसार प्रस्थान अनुमति दिने गरेको खुलेको छ । यसरी दिनमै अध्यागमनमा ५० लाख रुपैयाँ भन्दा धेरै पैसा असुली हुने गरेको छानबिनमा खुलेको थियो । सहसचिव भट्टराई र बिचौलिया खड्काबिच नियमित रूपमा ह्वाट्सएपमा कुरा हुनुका साथै आर्थिक लेनदेन देखिएको थियो ।
यस प्रकरणमा अख्तियारले तत्कालीन गृहमन्त्री रमेश लेखक, सचिव गोकर्णमणि दुवाडी, लेखकका पिएहरु बद्री तिवारी र जनक भट्ट, अध्यागमन विभागका तत्कालीन महानिर्देशक गोविन्द रिजाल तथा गृह मन्त्रालयका अन्य अधिकारीमाथि दोस्रो चरणमा छानबिन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोलनको ‘द ओडिसी’ सामाजिक सञ्जालमा लिक, २० लाखभन्दा बढीले हेरे
-
‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग
-
पोखरामा अमेरिकी नागरिकको मृत्यु
-
‘रोल नं. १’ र ‘भागदौड’को आम्दानी कति ?
-
प्रचण्डको निर्वाचन क्षेत्रमा समानान्तर समिति बनाउने प्रयास असफल
-
ठुला प्रविधि कम्पनीविरुद्ध उर्लंदो जनलहर : डाटा सेन्टर रोक्ने विश्वव्यापी अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण