शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

आशीर्वाद र निकिताको 'श्री बुकुरो' सेन्सर पास

बुधबार, २८ माघ २०८२, १२ : १४
बुधबार, २८ माघ २०८२

काठमाडौँ । वरिष्ठ अभिनेत्री लक्ष्मी गिरीको मुख्य भूमिका रहेको फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र सेन्सर बोर्डले मंगलबार साँझ फिल्म हेर्दै सबैले हेर्न मिल्ने युनिभर्सल सर्टिफिकेट दिँदै सेन्सर पास भएको हो । फिल्मका निर्देशक सुदीप भूपाल सिंह हुन् ।

निर्देशन सिंहले सेन्सरले फिल्मको तारिफ गर्दै प्रदर्शनमा लागि अनुमति दिएको बताए । ‘अहिले बनिरहेको फिल्म भिन्नै शैलीको फिल्म रहेछ’, सिंहले बोर्डको शब्द दोहोर्‍याए ‘फिल्मले परिवार जोडेको कथा एकदमै राम्रो लाग्यो ।’

यसअघि ‘माला’ र ‘रुद्रप्रिया’ निर्देशन गरेका सिंह ७ वर्षपछि यसै फिल्म मार्फत फर्किएका हुन् । रेन्जको ब्यानरमा निर्माण भएको फिल्ममा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय सङ्ग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मा लगायतको अभिनय छ । लेखन समेत निर्देशक सिंहको रहेको फिल्म रुबी सेन सिंहले निर्माण गरेका हुन् ।

सञ्जय लामा र राजेश श्रेष्ठको छायाङ्कन रहेको फिल्म मुस्ताङ, बागलुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौँमा छायाङ्कन गरिएको हो । फिल्मको गीतमा रञ्जित गजमेर र वसन्त सापकोटाको सङ्गीत छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप