रुसको आक्रमणमा परेर युक्रेनमा बालबालिकासहित ४ जनाको मृत्यु
सारांश
- रुसी आक्रमणमा खार्किभमा एक वर्षीय बालक सहित ४ जनाको मृत्यु भएको छ।
- डोनेत्स्कको स्लोभ्यान्स्क शहरमा रुसी बम प्रहारबाट ११ वर्षकी बालिकाको मृत्यु भयो।
- युक्रेनमा रुसी सेनाले ऊर्जा र यातायात पूर्वाधारमा आक्रमण गर्दै मानवीय संकट बढाएको छ।
किभ । रुसले पश्चिम खार्किभको एक शहरमा गरेको आक्रमणमा कम्तिमा ४ जनाको मृत्यु भएको छ । मर्नेमा ३ जना बालबालिका रहेको बताइएको छ ।
खार्किभका क्षेत्रीय सैन्य प्रशासन प्रमुख ओलेग सिनेगुबोभका अनुसार आक्रमणमा परेर घरभित्र रहेका एक वर्षीय बालक, दुई वर्षकी बालिका र ३४ वर्षीय पुरुषको मृत्यु भएको हो । यस हमलामा ३५ वर्षकी गर्भवती महिला र ७६ वर्षकी अर्की महिला घाइते भएका छन् ।
मंगलवार राति भएको यो हमला एक हप्ताभरिको ब्रेकपछि रूसले पुनः हवाई आक्रमण सुरु गरेको समयमा भएको हो । डोनेत्स्कको स्लोभ्यान्स्क शहरमा रुसले बम प्रहारमा दुई जनाको मृत्यु भएको बताइएको छ । मर्नेमा एक जना ११ वर्षकी बालिका पनि छिन् ।
त्यस्तै सोमबार राति देशभर भएका ड्रोन हमलाले हजारौँ मानिस बिजुलीबिहीन भएका छन् । कठोर चिसोका बीचमा बोहोदुखिभमा चिसोले एक आमासहित उनका १० वर्षीय छोराको पनि मृत्यु भएको बताइएको छ । ऊर्जा स्थिति गम्भीर बनेपछि खार्किभ क्षेत्रमा आपतकाल घोषणा गरिएको छ ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलिन्स्कीका अनुसार रूसी सेनाले यातायात र ऊर्जा पूर्वाधारलाई निशाना बनाउँदै दबाब बढाइरहेको छ । यसैबिच, रुसको भोल्गोग्राड क्षेत्रमा युक्रेनी ड्रोनको ठूलो हमला भएको छ । त्यहाँको एउटा अपार्टमेन्टमा क्षति पुगेको र कारखानामा आगो लागेको खबर आएको छ ।
युक्रेन–रुस युद्धमा मानविय संकट र नागरिक हताहती बढ्दै गएको छ । यस्तोमा अन्तर्राष्ट्रिय समुदायले तत्काल शान्ति प्रयासको आवश्यकतालाई जोड दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण