उपभोक्ताले अत्यधिक मात्रामा ग्यास सञ्चय गर्दा बजारमा चाप, १/२ महिनापछि बिक्री ठप्प हुने दाबी
सारांश
- बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि वाणिज्य विभागले अनुगमन तीव्र पारेको छ।
- बुलेट ढुवानीमा समस्या र उपभोक्ताको प्यानिक बाइङका कारण ग्यास अभाव भएको हो।
- विभागका अनुसार ग्यास लुकाएको नपाइएको र ढुवानी समस्या समाधान हुने क्रममा छ।
काठमाडौँ । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन तीव्र पारेको छ ।
विभागका एक बजार निरीक्षण अधिकृतका अनुसार बजारमा ग्यासको अभाव हुनुमा बुलेट ढुवानीमा देखिएको प्राविधिक समस्या र उपभोक्तामा छाएको प्यानिक बाइङ (मनोवैज्ञानिक त्रास) मुख्य कारण रहेका छन् ।
ती अधिकृतले पछिल्ला केही दिनयता विभागले ग्यास उद्योग, डिपो र वितरकहरूको अनुगमन गर्दा व्यवसायीले ग्यास लुकाएको नपाइएको बताएका छन् । ‘हामीले १०–१२ ठाउँमा अनुगमन गर्यौँ, कहीँ पनि ग्यास लुकाएको अवस्था भेटिएन । दैनिक रूपमा २ हजार देखि २५ सय सिलिन्डर बजारमा आइरहेको छ, तर आउने बित्तिकै १५ मिनेटमै सकिने गरेको छ,’ उनले भने ।
उनका अनुसार ग्यास अभाव हुनुका पछाडि बुलेट ढुवानीमा समस्या र उपभोक्ताले अत्यधिक मात्रामा ग्यास सञ्चय गर्नु रहेको छ । इन्डियन आयल कर्पोरेसन र नेपाल आयल निगमबिचको सम्झौता अनुसार ढुवानीको जिम्मा भारतीय पक्षको हुन्छ ।
हाल ढुवानी कर्ताको टेन्डर परिवर्तनको संक्रमणकालीन चरण लिइरहेकोले बुलेट ढुवानीमा केही कमी आएको थियो । दैनिक करिब १५ देखि २० प्रतिशत आपूर्तिमा कमी देखिएको थियो । तर अब भने आपूर्ति सहज भइसकेको छ ।
साथै ग्यास अभाव हुने हल्ला चलेपछि उपभोक्ताहरू त्रसित भएर आवश्यकता भन्दा बढी ग्यास सञ्चय गर्न थालेका छन् । पहिला एउटा सिलिन्डर हुँदा ढुक्क हुने उपभोक्ताले अहिले हल्लाको भरमा ५ वटा सिलिन्डर खाली छन् भने पाँचै वटा भरेर राख्न थालेका कारण पनि बजारमा माग बढेकाले समस्या पुगेको छ ।
जसले गर्दा सामान्य अवस्थामा एक हप्तामा बिक्री हुने ग्यास अहिले १५ मिनेटमै सकिने गरेको छ ।
उनले बुलेटको समस्या सामान्य प्राविधिक विषय भएकोले ५ देखि १० दिनभित्र समाधान हुने बताएका छन् । उनले अहिलेको अभाव हल्लामा आधारित भएको र उपभोक्ताले अनावश्यक सञ्चय गर्दा वास्तविक पीडितले ग्यास नपाउने अवस्था सिर्जना भएको बताए ।
साथै, अहिले सबैले घरमा ग्यास थुपारेका कारण आगामी १/२ महिनापछि ग्यासको बिक्री ठप्प हुने उनको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण