चार नेपाली क्रिकेटरले सुधारे आईसीसीको वरीयता क्रम
काठमाडौँ। नेपाली राष्ट्रिय टोलीका चार खेलाडीहरूले आईसीसीको वरीयतामा सुधार गरेका छन् ।
कप्तान रोहित पौडेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र सन्दीप लामिछानेले टी–२०आईको वरीयतामा अगाडि आउन सफल भएका हुन् ।
जसअनुसार दीपेन्द्रले ब्याटिङ र बलिङ वरीयता सुधारेका छन् । आईसीसीले बुधबार निकालेको वरीयता क्रममा दीपेन्द्रले ब्याटिङतर्फ ४ स्थान सुधार गरेका छन् । उनी ७२औं स्थानमा आइपुगेका छन् भने बलिङमा ५ स्थान माथि उक्लिँदै ७१औं स्थानमा आउन सफल भएका छन् ।
अलराउन्डरमा भने दीपेन्द्रको वरीयता छैटौं स्थानमा यथावत् छन् ।
यस्तै कप्तान रोहित पौडेलले पनि ब्याटिङमा आफ्नो स्थान सुधार गरेका छन् । तीन स्थान सुधार गर्दै उनी ७५औं स्थानमा आइपुगेका छन् । ओपनर कुशल भुर्तेल पनि ४ स्थान माथि अर्थात् ७७औं स्थानमा आइपुग्न सफल भएका छन् ।
सन्दीप लामिछाने पनि बलिङतर्फ १० स्थान सुधार गर्दै ७४औं स्थानमा उक्लिएका छन् ।
टी–२० विश्वकपअन्तर्गत नेपालले आइतबार आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनले हार बेहोरेको थियो । भोलि नेपालले दोस्रो खेलअन्तर्गत इटालीसँग मुम्बईको वाङखेडे स्डेडियममा खेल्दै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण