कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
सारांश
- आजको पञ्चाङ्गले वि.सं. २०८२ साल माघ २९ गतेको बार, तिथि, नक्षत्र र योगसम्बन्धी विवरण दिन्छ।
- आजको राशिफलले मेषदेखि मीन राशिसम्मका व्यक्तिका लागि ग्रहहरूको स्थितिको आधारमा दैनिक भविष्यवाणी प्रदान गर्दछ।
- लेखमा राहुकाल र ब्रहा मुहूर्तको समय र यात्राका लागि शुभ बेलाको जानकारी समावेश छ।
आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल माघ २९ गते । बिहीबार । इस्वी सन् २०२६ फेब्रुअरी १२ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । फाल्गुन कृष्णपक्ष । तिथि–दशमी, १३ घडी १० पला, दिउँसो १२ बजेर २ मिनेट उप्रान्त एकादशी । नक्षत्र–ज्येष्ठा, १७ घडी २१ पला, दिउँसो १ बजेर ४२ मिनेट उप्रान्त मूल । योग– हर्षण, ५१ घडी २४ पला, रातको ३ बजेर २० मिनेट उप्रान्त बज्र । करण–भद्रा, मध्यान्ह १२ बजेर २ मिनेट उप्रान्त बव, रातको १ बजेर ३ मिनेट उप्रान्त बालव । आनन्दादिमा–काल योग । चन्द्रराशि–वृश्चिक, दिउँसो १ बजेर ४२ मिनेट उप्रान्त धनु ।
काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ४६ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ५१ मिनेट । दिनमान २७ घडी ४४ पला ।
आजको बार बेला ।
- बिहान ६ बजेर ४६ मिनेटसम्म शुभ बेला ।
- बिहान ६ बजेर ४८ मिनेटदेखि बिहान ८ बजेर ९ मिनेटसम्म रोग बेला ।
- बिहान ८ बजेर ११ मिनेटदेखि बिहान ९ बजेर ३२ मिनेटसम्म उद्वेग बेला ।
- बिहान ९ बजेर ३४ मिनेटदेखि बिहान १० बजेर ५६ मिनेटसम्म चर बेला ।
- बिहान १० बजेर ५७ मिनेटदेखि बिहान १२ बजेर १९ मिनेटसम्म लाभ बेला ।
- दिउँसो १२ बजेर २० मिनेटदेखि दिउँसो १ बजेर ४२ मिनेटसम्म अमृत बेला ।
- दिउँसो १ बजेर ४३ मिनेटदेखि दिउँसो ३ बजेर ५ मिनेटसम्म काल बेला ।
- दिउँसो ३ बजेर ६ मिनेटदेखि बेलुकी ४ बजेर २८ मिनेटसम्म शुभ बेला ।
- बेलुकी ४ बजेर २९ मिनेटदेखि बेलुकी ७ बजेर २८ मिनेटसम्म अमृत बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउँसो १ बजेर ४१ मिनेटदेखि दिउँसो ३ बजेर ४ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको ।
ब्रहा मुहूर्त
बिहान ५ बजेर १० मिनेटदेखि बिहान ५ बजेर ५८ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समय मध्यम रहेकोले मुद्दा मामिला तथा यस्तै विषयमा सामेल भए हारिने सम्भावना रहेको छ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । मध्यान्हबाट आफन्त तथा सबैको सहयोग पाइने हुनाले नयाँ काम गर्ने जोस जाँगर बढेर जानेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै दाम्पत्य जीवन खुसी रहनेछ । पाहुना लागेर कतै जाँदा आतिथ्यको सत्कार तथा सम्मान पाइनेछ । विभिन्न सहयोग तथा उपहार प्राप्तिको ग्रहयोग रहेको छ । आर्थिक रूपमा सुदृढ हुन सकिने हुनाले दैनिकी सहज रूपमा अगाडी बढ्नेछ ।
- वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिहानको समय राम्रो रहेकोले पढाइ लेखाइमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ ठाउँमा नयाँ नियुक्ति तथा काम गरिरहेको ठाउँमा बढोत्तरी हुने योग रहेको छ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ । प्रेममा नजिक भई रमाउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले भौतिक सम्पत्ति तथा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्तसँग मनमुटाब सिर्जना नहोला भन्न सकिन्न ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) प्रेमको बन्धन कसिलो हुने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यवसाय वा शेयर बजारबाट थोरै भए पनि धन आर्जन गर्न सकिने तथा व्यापार विस्तारको सवालमा यात्राको तय हुनेछ । इष्टमित्र तथा सहयोगीले साथ दिने हुँदा दैनिकी सहज रूपमा बित्नेछ । भौतिक स्रोत साधनको प्रयोग गरी अपडेट हुन सकिनेछ भने पढाइ लेखाइमा प्रगति हुनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यवसायबाट आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरू स्वतः ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ । पढाइ लेखाइमा अरूभन्दा अग्र पंतिमा तपाईँको नाम आउनेछ । माया प्रेममा नजिक भई रमाउन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।
- सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिहानको समय मध्यम रहेकोले सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महसुस हुनेछ । प्रतिस्पर्धीहरूको अवरोधले फाइदाको सम्भावना टरेर जानेछ । मध्यान्हबाट समय राम्रो रहेकोले व्यापार वा शेयर बजारबाट मनग्गे लाभ हुनेछ । पढाइ लेखाइमा प्रतिद्वन्द्वहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । बिलासी वस्तु उपहारको रूपमा प्राप्त हुनेछ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिहानको समय राम्रो रहेकोले पारिवारिक माहौलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट असजिलो परिस्थितिमा साथ दिनेहरू कमै भेटिनेछन् । कुनै पनि काम गर्दा नियम संगत गर्नुहोला,बलजफती गर्दा समस्या आउन सक्छ । बन्धुबान्धबहरु सँग मनमुटाब बढ्ने तथा छिमेकीहरूसँग विवाद हुने योग रहेको छ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) दाजुभाइ तथा छिमेकीहरू सँगको सम्बन्धमा सुधार भएर जानेछ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । पढाइ लेखाइमा सोचेजस्तै प्रगति हुने हुनाले एक कदम अगाडी नतिजा हात पार्न सकिनेछ । यात्राका क्रममा बौद्धिक मानिसहरू सँग भेटघाट हुने हुनाले मन प्रसन्न रहनेछ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने योग रहेको छ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापारबाट भनेजस्तो आम्दानी हुनेछ । सर सापटी दिइएका रुपैयाँ पैसा उठ्ने तथा आफन्तको सहयोगले उपलब्धिमूलक काम गर्न सकिनेछ । बोलीकै भरमा राम्रा तथा प्रतिष्ठित काम गर्न सकिनेछ । परिवारका साथमा यात्रा गर्न सकिने तथा मिष्ठान्न भोजनको ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अभाव हट्ने तथा नाम दाम कमाउन सकिनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिहानको समयमा लामो दुरीको यात्रा तथा विदेशसँग सम्बन्धित कामहरू हुनेछन् । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले सामाजिक काम गरी नाम कमाउन सकिनेछ । व्यापार वा शेयर बजारमा नयाँ लगानी थप्न सकिनेछ । इमानदार तथा लगनशील भएर लाग्नाले ठुलो उपलब्धि हासिल गर्न सकिनेछ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिहानको समयमा पढाइ लेखाइमा सुधार हुने हुनाले अरू भन्दा अगाडी बढ्न सकिनेछ । इच्छा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ । रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले समयको गतिसँगै बढ्न सक्दा प्रतिस्पर्धामा अरूभन्दा अगाडी बढ्न सकिनेछ । प्रशस्त तयारी गरेर महत्त्वपूर्ण काम सुरु गर्दा राम्रो नतिजा हात लाग्नेछ । तापनि लामो दुरीको यात्राको प्रबल सम्भावना रहेको छ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बैकिङ तथा शेयर बजारमा गरिएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रणय सम्बन्धका रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । दाजुभाइको सहयोगले भौतिक सम्पत्ति तथा सवारी साधन जोड्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने योग रहेको छ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यवसायमा लगानी गरी मनग्गे लाभ लिन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुनाले गुरु वर्ग तथा आफन्त खुसी हुनेछन् । माया प्रेममा सामिप्यता बढ्नेछ । कार्यक्षेत्रका प्रभाव बढ्ने तथा बढोत्तरीको योग रहेको छ । कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । बिहानको समयमा धार्मिक यात्राको योग रहेको छ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल र विजय चौथाइवालेबिच भेटवार्ता
-
प्रधानमन्त्री बालेनलाई खुलापत्र
-
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद
-
रूस र युक्रेनबिच तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण