शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

अनौठो नियम : स्कुल पास हुन १५ मिटर अग्लो भित्ता चढ्नै पर्ने

बिहीबार, २९ माघ २०८२, १४ : ४५
बिहीबार, २९ माघ २०८२

काठमाडौँ । प्रख्यात पर्वतारोही एलेक्स हनोल्डले ताइपेई १०१ टावरमा बिना कुनै सुरक्षा उपकरण सफलतापूर्वक चढेपछि ताइवानमा साहसिक खेलको चर्चा चुलिएको छ । 

यता, ताइवानकै चाङहुआ काउन्टीस्थित एरशुई जुनियर हाई स्कुलमा भने वर्षौँदेखि विद्यार्थीका लागि एउटा अनौठो र चुनौतीपूर्ण नियम लागू छ। यहाँका विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्र (ग्राजुएसन सर्टिफिकेट) प्राप्त गर्नका लागि विद्यालयको १५ मिटर अग्लो रक क्लाइम्बिङ वाल सफलतापूर्वक चढ्नुपर्छ ।यो विद्यालयमा ताइवानकै सबैभन्दा अग्लो क्लाइम्बिङ वाल रहेको छ। विद्यार्थीलाई केवल रहरका लागि मात्र नभई यो 

काममा पोख्त बनाउन हप्तामा ६ वटा क्लाइम्बिङका कक्षाहरू अनिवार्य लिने व्यवस्था गरिएको छ । करिब ५ तलाको घर बराबरको उचाइ भएको यो चट्टानी पर्खाल धेरै वयस्कहरूका लागि डरलाग्दो देखिए पनि यहाँका किशोरकिशोरीहरू यसलाई सहजै पार गर्छन् । विद्यालय प्रशासनले विद्यार्थीमा एकाग्रता, शारीरिक सन्तुलन र समन्वयको क्षमता विकास गर्नका लागि यस्तो कडा सर्त राखेको हो ।

सुरुमा डरलाग्दो लागे पनि अहिले यहाँका विद्यार्थीहरूका लागि रक क्लाइम्बिङ एउटा रुचि र मनोरञ्जनको विषय बनेको छ। धेरैजसो विद्यार्थीहरू यो चुनौतीलाई डरका रूपमा नभई उपलब्धिको रूपमा लिन्छन् । 

कतिपय विद्यार्थी त यति उत्साहित छन् कि उनीहरू बिदाको समयमा आफ्ना आमाबुबासँग मिलेर पनि यस्ता अग्ला पर्खाल र चट्टानहरू चढ्ने अभ्यास गर्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप