पत्रकार सम्मेलन
महाशिवरात्रिमा पशुपति मन्दिर प्रवेश गर्न चार वटा मार्ग
बिहीबार, २९ माघ २०८२, १६ : ०६
सारांश
- पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिका लागि दर्शन मार्ग तय गरिएको छ।
- दर्शनार्थीहरूका लागि चार स्थानबाट दर्शन गर्ने व्यवस्था मिलाइएको छ।
- मैतीदेवी, वत्तिसपुतली लगायतका क्षेत्रबाट दर्शनको व्यवस्था मिलाइनेछ।
काठमाडौँ । महाशिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि चार स्थानबाट दर्शन मार्ग तय गरिएको छ । पशुपति क्षेत्र विकास कोषले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी दर्शनार्थीहरुको सुविधाका लागि चार स्थानबाट दर्शन गर्ने व्यवस्था मिलाइएको जानकारी दिएको हो ।
क्षेत्र विकास कोषले मैतीदेवी, वत्तिसपुतली पुरानो बानेश्वरतर्फ आउने दर्शनार्थीहरुलाई गौशाला पिंगलास्थान गेट हुँदै, भक्तपुर, ललितपुर, कोटेश्वर तिनकुनेबाट आउने दर्शनार्थीहरुलाई राम मन्दिर–आर्यघाट हुँदै, जोरपाटी, कपन, चाबहिल हुँदै आउने दर्शनार्थीहरुका लागि गौरिघाटतर्फबाट र रातोपुल–कालोपुलतर्फबाट आउने दर्शनार्थीहरुका लागि जयबागेश्वरी मन्दिरतर्फबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्न सकिने जनाएको छ ।
फागुन २ गते महाशिवरात्री पर्व परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण