आहा रारा पोखरा गोल्डकप : अग्रता जोगाउन नसक्दा मनाङसँग एपिएफ पराजित
कास्की । पोखरामा सञ्चालन भइरहेको राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रङ्गशालामा बिहीबार भएको सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँगको खेल २–१ गोल अन्तरले जित्दै मनाङ अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो ।
एपिएफले पहिलो हाफमा बनाएको एक गोलको अग्रता बनाए पनि दोस्रो हाफमा सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरियो । एपिएफले खेलको ११औँ मिनेटमा युवराज राईको गोलबाट खेलमा अग्रता लिएको थियो । दोस्रो हाफमा मनाङ लयमा फर्कियो । खेलको ५७औँ मिनेटमा रोनिश राजभाकले गोल गरेर खेल बराबरीमा ल्याए।
यसैगरी खेलको ७७औँ मिनेटमा सुरेश कुमालले निर्णायक गोल गरेपछि खेलको नतिजा मनाङले आफ्नो पक्षमा पार्न सफल भयो । प्रतियोगितामा शुक्रबार फ्रेन्डस् क्लब र प्लानिङ ब्वाइज युनाइटेडकाबीच खेल हुनेछ । सहारा क्लब पोखराको आयोजनामा यही फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विदेशका तीन र नेपालका नौ गरी १२ टोलीको सहभागिता छ ।
प्रतियोगिताको च्याम्पियन टोलीले रु १४ लाख एक हजार र उपविजेता टोलीले रु सात लाख एक हजार नगद र ट्रफी पुरस्कार पाउने छन् । सहाराले यस वर्ष प्रतियोगिताको पुरस्कार राशी वृद्धि गरेको हो ।
गत वर्ष उपाधि विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण