जिब्रोको स्वादभन्दा शरीरलाई स्वस्थ बनाउने खानामा ध्यान दिन आग्रह
काठमाडौँ । आहारविद् तथा योग प्रशिक्षक डा राजु अधिकारीले जिब्रोको स्वादभन्दा शरीरलाई स्वस्थ बनाउने खानामा ध्यान दिन आग्रह गरेका छन् । उनले स्वादिष्ट भोजनभन्दा शरीरलाई तन्दुरुस्त बनाउने खानेकुरामा जोड दिनुमै सबैको हित रहेको बताए ।
समाचार समिति (रासस) को ६५ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार राष्ट्रिय कर्मचारी सङ्घ, राससद्वारा केन्द्रीय कार्यालयमा आयोजित ‘सन्तुलित भोजन, स्वास्थ्य जीवन’ विषयक कार्यक्रममा डा अधिकारीले स्वास्थ्य रहन सन्तुलित भोजन र स्वास्थ्य जीवनशैली अपनाउनुपर्ने सल्लाह दिए ।
उनले सकारात्मक भाव पैदा गर्ने खानामा दिन सबैले जोड दिन र खानाप्रतिको दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताए । डा अधिकारीले भने, “कम्तीमा दैनिक सात हजार पाइला हिँड्न आवश्यक छ । पत्रु खाना मात्र होइन, पत्रु जीवनशैली नै त्याग्नुपर्छ । ध्यान र योग स्वास्थ्य जीवनशैलीका लागि आवश्यक छ । विषादीजन्य खानेकुराले पार्ने नकारात्मक असरबारे सबै सचेत बन्नुपर्छ ।”
विषादी र प्रदूषणले आहार बिहारमा असर पारेकाले योग, व्यायाम र सकारात्मक सोच नै स्वास्थ्यकर जीवनशैलीको मूलमन्त्र रहेकामा कार्यक्रममा चर्चा गरिएको थियो ।
सञ्चारकर्मीका लागि स्वजागरण
वार्षिकोत्सवकै अवसरमा रासस कर्मचारी युनियनले बुधबार सञ्चारकर्मीका लागि स्वजागरण’ कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा जीवविज्ञानका प्रशिक्षकहरू डा आरती रेग्मी र कलाकार निर्मला खड्काले स्वजागरण एवं ध्यानका विषयमा प्रस्तुतीकरण तथा अभ्यास गराएका थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण