प्रिमियर लिगः ब्रेन्टफोर्डसँग बराबरीमा रोकियो आर्सनल
शुक्रबार, ०१ फागुन २०८२, ०४ : ४८
सारांश
- आर्सनल र ब्रेन्टफोर्ड बीचको खेल १-१ गोलको बराबरीमा टुङ्गिएको छ।
- आर्सनलका नोनी माडुएकेले ६१ औं मिनेटमा गोल गरे पनि अग्रता धेरै बेर टिकेन।
- ब्रेन्टफोर्डका केन लुईस पोटरले ७१ औं मिनेटमा गोल फर्काए, जसले खेल बराबरीमा ल्यायो।
काठमाडौं । इङ्लिस प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा शीर्ष स्थानमा रहेको आर्सनल ब्रेन्टफोर्डसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।
खेलमा आर्सनलले ६१ औं मिनेटमा नोनी माडुएकेको गोलमार्फत अग्रता लिएको थियो । तर, आर्सनलको त्यो अग्रता धेरै बेर टिक्न सकेन । ब्रेन्टफोर्डका लागि ७१ औं मिनेटमा केन लुईस पोटरले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
पूरा समयसम्म दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल १–१ को बराबरीमा टुङ्गिएको हो । यस बराबरीले आर्सनललाई महत्वपूर्ण ३ अंक गुमाउन बाध्य बनाए पनि, ५७ अंकका साथ प्रिमियर लिगको शीर्ष स्थानमा आफ्नो पकड कायम राख्न सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण