पाकिस्तानसँग हार्यो नेपाल
सारांश
- थाइल्याण्डमा भएको महिला एसिया कपमा नेपाल पाकिस्तान ए सँग ३० रनले पराजित भयो।
- नेपालका लागि विन्दु रावलले ३९ रन बनाइन् भने कविता कुँवरले २ विकेट लिइन्।
- पाकिस्तान ए ले १ सय ३७ रन बनायो भने नेपालले १०७ रन मात्र बनाउन सक्यो।
बैंकक । थाइल्याण्डमा सुरु भएको डीपी वर्ल्ड महिला एसिया कप राइजिङ स्टार्स २०२६ प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तान ए सँग ३० रनले पराजित भएको छ । पाकिस्तान ए ले नेपालसामु जितका लागि १ सय ३८ रनको लक्ष्य प्रस्तुत गरेकोमा नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०७ रन मात्र बनाउन सक्यो ।
पूजा महतोको कप्तानीमा उत्रेको नेपालका लागि ओपनर विन्दु रावलले ४५ बलमा ३९ रनको योगदान दिइन् । उनले ८ चौका प्रहार गरिन् । कप्तान महतोले १६ बलमा ११ रन जोडिन् ।
कविता कुँवरले १८ रन तथा सीता राना मगरले १९ रन बनाएर नटआउट रहे पनि टोलीलाई विजयी लक्ष्यसम्म पुर्याउन सकेनन् । पाकिस्तानका लागि अनोसा नासिरले ३ विकेट लिइन् भने मोमिना रिसातले २ तथा वाहिदा अख्तरले १ विकेट हात पारिन् ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३७ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान हाफ्सा खालिदले सर्वाधिक ४० रनको योगदान दिइन् । उनले ३९ बलमा २ चौका १ छक्का प्रहार गरिन् ।

त्यस्तै, वाहिदा अख्तरले १५ बलमा २३ रन जोडिन् । उनले ५ चौका प्रहार गरिन् । हुरैना सज्जादले १७ रन तथा सावाल जुल्फिकरले १० रनको योगदान दिइन् ।
नेपालका लागि कविता कुँवरले शानदार बलिङ गर्दै २ ओभरमा १० रन खर्चेर २ विकेट लिइन् । मनिषा उपाध्याय, रिया शर्मा, सीता राना मगर र रुविना क्षेत्रीले १–१ विकेट हात पारिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण