चन्द्रागिरिमा महाशिवरात्रि भजन उत्सव आयोजना हुँदै
सारांश
- चन्द्रागिरि भालेश्वर महादेव मन्दिरमा महाशिवरात्रि भजन उत्सव आयोजना हुने भएको छ।
- उत्सवमा पोखराको युवा भजन समूहले दिउँसो २ देखि ५ बजेसम्म विशेष प्रस्तुति दिनेछन्।
- महाआरती र केबलकारमा छुटको व्यवस्था गरिएको छ, भक्तजनहरूका लागि केबलकार साँझ ८ बजेसम्म सञ्चालन हुनेछ।
काठमाडौँ । पोखराको चर्चित युवा भजन समूह सहितको महाशिवरात्रि भजन उत्सव चन्द्रागिरि भालेश्वर महादेव मन्दिरमा आयोजना हुने भएको छ । आइतबार महाशिवरात्रिको पावन अवसरमा भालेश्वर महादेव मन्दिर प्राङ्गण, चन्द्रागिरिमा दिनभरि महाशिवरात्रि विशेष भजन उत्सव आयोजना हुनेछ।
यस उत्सवमा भजन संस्कृतिलाई नयाँ उचाइ दिइरहेका पोखराको युवा भजन समूहको समेत दिउसो २ देखि ५ बजेसम्म विशेष भजन प्रस्तुति हुनेछ। उत्तम बराल र जुपिटर पौडेलसहितको भजन समूहले प्रस्तुत गर्ने भजनमा सहभागी हुँदै भजन गर्ने तथा श्रवण गर्दै सहभागीहरूले आध्यात्मिक अनुभव लिन सक्नेछन् ।
साँझ शिव धुनीसँगै महाआरती ग्रहण गर्ने अवसर पनि प्राप्त हुनेछ। महाआरती ग्रहण गर्न आउने भक्तजनहरूका लागि चन्द्रागिरि केबलकारले साँझ साढे ४ बजेपछि ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ । महाशिवरात्रि एवं महाआरतीमा सहभागी हुने भक्तजनहरूको सुविधा ध्यानमा राख्दै केबलकार पनि साँझ ८ बजे सम्म सञ्चालनमा रहनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण