आहा रारा गोल्डकपः प्लानिङ ब्वाइज विजयी
कास्की । पोखरामा सञ्चालन भइरहेको राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको आजको खेलमा प्लानिङ ब्वाइज युनाइटेड विजयी भएको छ । पोखरा रङ्गशालामा भएको खेलमा प्लानिङले ४–० गोलको फराकिलो अन्तरले फ्रेण्ड्समाथि जित निकालेको हो ।
विदेशी खेलाडी पापा इबु केबेको ह्याट्रिकको मद्दतमा उत्कृष्ट जित निकाल्दै प्लानिङ क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ । प्लानिङले आहा रारामा पहिलोपटक सहभागिता जनाएको हो । खेलको २४औँ मिनेटमा पेनाल्टी बक्सभित्र ह्याण्ड भएपछि पाएको पेनाल्टीलाई एलेक्स विलियनले गोल गर्दै अग्रता दिलाएका हुन् । पहिलो हाफको इन्जुरी समयमा प्लानिङले अर्को गोल थपे भने साहिल केसीले दिएको उत्कृष्ट पासलाई केबेले उत्कृष्ट गोलमा परिणत गरे ।
खेलको ५४औँ मिनेटमा केबेले दोस्रो गोल गर्दै फ्रेण्डसमाथि दबाबसँगै अन्तर फराकिलो बनाए । खेलको ८१औँ मिनेटमा गोल गर्दै केबेले ह्याट्रिक गरेका छन् । शनिबार हुने पहिलो क्वाटरफाइनल खेलमा घरेलु टोली सहाराले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।
सहारा क्लब पोखराको आयोजनामा यही फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विदेशका तीन र नेपालका नौ गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । आयोजक सहाराका अध्यक्ष केशवबहादुर थापाका अनुसार प्रतियोगिताको च्याम्पियन टोलीले रु १४ लाख एक हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउँदा उपविजेता टोलीले रु सात लाख एक हजारसहित ट्रफी पुरस्कार पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण