लोर्कन टकरको विस्फोटक ब्याटिङमा आयरल्यान्डद्वारा ओमानलाई २३६ रनको लक्ष्य
सारांश
- लोर्कन टकरको उत्कृष्ट ब्याटिङको मद्दतले आयरल्याण्डले ओमानलाई २३६ रनको लक्ष्य दियो।
- आयरल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर २३५ रन बनायो, जसमा टकरले ९४ रन बनाए।
- ओमानका लागि सकिल अहमदले ३ विकेट लिए, भने आज दुवै टोली जितको खोजीमा छन्।
काठमाडौँ । लोर्कन टकरको विस्फोटक ब्याटिङको सहयोगमा आयरल्यान्डले आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो तेस्रो खेलमा ओमानलाई जितका लागि २३६ रनको लक्ष्य दिएको छ ।
सिंहली स्पोट्र्स क्लब ग्राउन्ड, कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २३५ रन बनायो । आयरल्यान्डका लागि कप्तान लोर्कन टकरले सर्वाधिक ९४ रनको अर्धशतकीय पारी खेले । शतक बनाउन ६ रनले चुकेका उनले ५१ बलमा १० चौका र ४ छक्का प्रहार गरे ।
त्यस्तै, ग्यारेथ डेलानीले ३० बलमा ३ चौका र ४ छक्काको सहयोगमा ५६ रनको अर्धशतकीय पारी खेले । आयरल्यान्डका जर्ज डकरेलले ३५ रन जोडे । बलिङतर्फ ओमानका लागि सकिल अहमदले सर्वाधिक तीन विकेट लिए ।
त्यस्तै शाह फैज र अमिर कलिले एक एक विकेट लिए । आजको खेलमा दुवै टोली जित निकाल्ने योजनामा हुनेछन् । दुवै टोलीले प्रतियोगितामा हालसम्म जित निकाल्न सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण