साम्यवाद र समाजवादी दर्शन विश्वबाटै असफल भइसक्योः राजेन्द्र लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले साम्यवादी र समाजवादी दर्शनहरु असफल भइसकेको टिप्पणी गरेका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
अध्यक्ष लिङ्देनले समाजवाद र साम्यवादको दर्शन असफल भई विश्वका ठूल्ठूला राष्ट्रहरु पनि संवद्र्धनवादतर्फ उन्मुख भइरहेको जिकिर समेत गरे । उनले मुलुकलाई बनाउन पनि र बचाउन पनि संवद्र्धनवाद उपयुक्त विचारधारा भएकाले आफ्नो पार्टीले त्यसलाई अंगिकार गरेर अघि बढेको समेत बताए । उनले भने, ‘संवद्र्धनवाद यो केवल हामीलाई मात्रै ठिक लागेको दर्शन, विचार होइन । अहिले समाजवाद, साम्यवाद भनेको परम्पगत जो दार्शनिक अवधारणहरु छन् । समाज विभाजित थियो, विश्व विभाजित थियो । अब त्यो दार्शनिक मान्यताहरु असफल भईसकेर अब फेरि समाज कतातिर गईराखेको छ भने अब मेरो परम्परा, मेरो राष्ट्र प्रथम हो भन्ने मान्यतातर्फ संसार भईराखेको छ । र अहिले संसारका ठूल्ठूला देशहरु अहिले त्यो मान्यताबाट प्रेरित भएर अगाडि बढिराखेका छन । र संसारमा यो संवद्र्धनवाद, जसलाई अनेक नाम दिएका होलान । अहिले यसको व्याख्याको सन्दर्भमा पनि यसो भन्दा पो ठिक हुन्छ कि भनेर हाम्रा पूर्ववक्ताहरुले भन्नुभयो । तर मूल रुपमा, सार रुपमा चाहीँ मेरो परम्परा, मेरो राष्ट्रप्रथम र , परिवर्तन चाहीँ अब निरन्तरता सहितको दिगो र टिकाउ हुन्छ । जग नबनाई छत बनाउने कुरा चाहीँ काम लाग्दैन । त्यसले राष्ट्रलाई क्षति पुर्याउँछ, समाजलाई क्षति पुर्याउँछ भन्ने मान्यता अहिले विकसित भइराखेको छ । र अब हामी सबैको बाटो संवद्र्धनबाद हो । देश बनाउने र बचाउने बाटो संवद्र्धन वाद हो ।’
त्यस अवसरमा अध्यक्ष लिङदेनले गैरआवासीय नेपालीहरुलाई वंशजको आधारमा नागरिकता दिन हिच्किच्याउनुपर्ने कुनै कारण नरहेको समेत बताए। —न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण