महाशिवरात्रिमा गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
सारांश
- काठमाडौं प्रहरीले महाशिवरात्रि पर्वमा पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनको सुरक्षाका लागि १३ बुँदे अनुरोध जारी गरेको छ।
- प्रहरीले चोरी तथा लुटपाटको जोखिमलाई ध्यानमा राख्दै बहुमूल्य गरगहना र महँगा सामान नल्याउन अनुरोध गरेको छ।
- भक्तजनको सुविधाका लागि जुत्ताचप्पल राख्ने कक्ष र स्वास्थ्य शिविरको व्यवस्था गरिएको छ, साथै, फोहोर नगर्न पनि अनुरोध छ।
काठमाडौँ । काठमाडौँ प्रहरीले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथको दर्शनार्थ सहभागी हुने भक्तजन तथा सामानको सुरक्षाका लागि आज १३ बुँदे अनुरोध जारी गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले गरगहना लगाएर नआउनेसहित विभिन्न १३ बुँदे अनुरोध जारी गरिएको जानकारी दिए । उनका अनुसार चोरी तथा लुटपाटका घटना हुनसक्ने भएकाले बहुमूल्य गरगहना नलगाउन, महत्त्वपूर्ण र महँगो सरसामान लिएर नआउन अनुरोध गरिएको हो ।
मन्दिरमा झोला नल्याउन, पशुपति क्षेत्रको मापदण्ड बमोजिम प्लास्टिकका झोला, कप, प्लेटलगायत सामग्रीको प्रयोग निषेध गरिएकाले निषेधित सामानको प्रयोग नगर्न, दूध, गङ्गाजललगायत सामाग्रीका लागि फुट्ने कांँच (सिसा)का भाँडा प्रयोग नगर्न पनि अनुराधे गरिएको प्रहरी उपरीक्षक भट्टराईले बताए ।
प्रहरीले भक्तजनको सुविधाका लागि तोकिएको कक्षमा जुत्ताचप्पल (दर्शन मार्ग अनुसार छुट्टाछुट्टै स्थानमा जुत्ताचप्पल कक्षको व्यवस्था) राखेर मात्र मन्दिर प्रवेश गर्न, पशुपतिनाथको दर्शन गरिसकेपछि छिटोभन्दा छिटो मन्दिर परिसर बाहिर निस्किनु भई घुइँचो हुन नदिनका लागि आवश्यक सहयोग र समन्वय गर्न पनि अनुरोध गरेको छ ।
त्यस्तै पशुपतिनाथ मन्दिर प्राङ्गणमा सबै प्रकारका मोबाइल फोन, क्यामरालगायत सामग्रीको प्रयोग निषेध गरिएको तथा छालाका सामान, जुत्ताचप्पल, ज्याकेट, कम्मरपेटी लगाएर मन्दिरमा प्रवेश निषेध भएकाले त्यस्ता सामान तोकिएको सुरक्षित स्थानमा राखेर मात्र दर्शन गर्न पनि भनिएको छ ।
प्रहरीले पाकेटमारादेखि सावधान रहन र आफ्नो सामानको सुरक्षा आफैँ गर्न, कुनै पनि तीर्थयात्री अस्वस्थ भएमा स्वास्थ्य शिविरमा सम्पर्क राख्न, कुनै सामान वा व्यक्ति हराएमा वा कुनै समस्या आइपरेमा तुरुन्त प्रहरी शिविर वा खोजखबर कक्षमा सम्पर्क राख्न पनि अनुरोध गरेको छ ।
मन्दिर र मेला क्षेत्रलाई स्वच्छ र सफा राख्न जथाभावी फोहोर नगर्न, निर्दिष्ट स्थानमा रहेका शौचालयको प्रयोग गर्न, शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिकलाई सहज दर्शनका लागि सहयोग गर्न, मन्दिर दर्शनका लागि कुनै प्रकारको विशेष टिकट वा पासको व्यवस्था नगरिएकाले पङ्क्तिबद्ध भएर दर्शन गर्न तथा पङ्क्तिबाट दर्शन गर्दासमेत अरूको अधिकारको हनन हुने व्यवहार नगर्न अनुरोध गरिएको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण