राष्ट्रिय महिला फुटबल प्रतियोगितामा शनिबार नेपाल प्रहरी र चर्च युनियनको विजयी
सारांश
- राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपाल प्रहरी र चर्च युनियन विजयी भए।
- नेपाल प्रहरीले एफसी रियलविरुद्ध १० गोल गर्यो, रेखा पौडेलले छ गोल गरिन् ।
- चर्च ब्वाइज युनियनले छहारी महिला टोलीलाई एक गोलले हरायो, वर्षा ओलीले गोल गरिन्।
उदयपुर । यहाँको गाईघाटस्थित थरुहट रङ्गशाला मैदानमा सञ्चालन भइरहेको राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएका खेलमा नेपाल प्रहरीको महिला टोली र चर्च ब्वाइज युनियन महिला टोली विजयी भएका छन् ।
नेपाल प्रहरी र एफसी रियल महिला टोलीबिच भएको पहिलो खेलमा नेपाल प्रहरीले एफसी रियलविरुद्ध १० गोल गरेको थियो । आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव किरण राईका अनुसार नेपाल प्रहरीका रेखा पौडेलले छ गोल गरिन् भने मीना देउवाले दुई, पूजा रानाले एक र सिर्जना चौधरीले एक गोल गरेकी थिइन् ।
यस्तै, आजै भएको दोस्रो खेलमा चर्च ब्वाइज युनियन महिला टोली छहारी महिला टोलीविरुद्ध एक गोलले विजयी भयो । खेलको ७६औँ मिनेटमा चर्च ब्याइज, जर्सी नम्बर १० की वर्षा ओलीले छहारी महिला टोलीविरुद्ध गरेको एक गोल नै निर्णायक बन्यो ।
आइतबारको खेल सशस्त्र प्रहरी एपिएफ महिला टोली र पोखरा महिला टोलीबिच हुने आयोजकले जनाएको छ ।
खेलमा १० टोलीले सहभागिता जनाइरहेका छन् भने खेल नकआउट’का आधारमा सञ्चालन भइरहेको महासचिव राईले बताउनुभयो । फाइनल खेल फागुन ९ गते हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण