शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

भारतका ९ प्राध्यापकलाई 'नइ प्रज्ञा पुरस्कार’

आइतबार, ०३ फागुन २०८२, २१ : ४३
आइतबार, ०३ फागुन २०८२

काठमाडौँ । नइ एकेडेमीले नेपाली भाषा साहित्यको पठनपाठन तथा अनुसन्धानका साथै 'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिमा विशिष्ट योगदानका लागि भारतका ९ जना प्राध्यापकलाई 'नइ प्रज्ञा पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको नइ एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईँले बताए । 

यी पुरस्कारका राशि जनही पचास पचास हजार रुपियाँ रहेका छन् । प्रा.डा.कविता लामा, प्रा.डा.कृष्णराज घतानी, डा.टेकबहादुर छेत्री, प्रा.डा.दिवाकर प्रधान, डा.दैवकीदेवी तिम्सिना, प्रा.डा.पुष्प शर्मा, डा.राजकुमार क्षेत्री र प्रा.डा.सञ्जय राई  तथा डा.अरुणा राई (संयुक्त)लाई ’नइ प्रज्ञा पुरस्कार’बाट विभूषित गरिने भएको छ ।

नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईँको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । नइ एकेडेमीले २०८२ चैत २७,२८ र २९  (अप्रिल १०,११ र १२) मा  सम्पन्न हुने ’नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’का अवसरमा ’नइ प्रज्ञा पुरस्कार’ समर्पण गर्ने भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप