आरएस रिसोर्ट पोखराविरुद्ध एपिएफको १९ गोल
सोमबार, ०४ फागुन २०८२, ०० : ३२
सारांश
- राष्ट्रिय महिला फुटबल प्रतियोगितामा एपिएफले आरएस रिसोर्ट पोखराविरुद्ध १९ गोल गर्यो।
- खेलमा रस्मीकुमारी घिसिङले ११ गोल गरिन् भने अन्य खेलाडीले पनि गोल गरे।
- एन्फाका अनुसार, खेलमा घिसिङ 'म्यान अफ द म्याच' भइन्।
उदयपुर । राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा सशस्त्र प्रहरी महिला (एपिएफ) को टोलीले आरएस रिसोर्ट पोखराविरुद्ध १९–० गोल गरेको छ ।
जिल्लाको गाइघाटस्थित थरुहट रङ्गशालामा आइतबार चौथो दिनको खेलमा एपिएफकी रस्मीकुमारी घिसिङले ११ गोल गरेको आयोजक नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । यस्तै, अनिता केसीले तीन, सरु लिम्बु, गीता राना, निशा ठोकर, मनमाया दमाई र हिमा राउतले एक/एक गोल गरिन् ।
आइतबारको खेलमा ‘म्यान अफ द मेच’ एपिएफकी सर्वाधिक गोलकर्ता घिसिङ भएकी एन्फाका महासचिव किरण राईले बताउनुभयो ।
सोमबारको खेल न्युरो टिम काठमाडौँ र त्रिभुवन आर्मी क्लबबिच हुने सहआयोजक जिल्ला फुटबल सङ्घ उदयपुरका अध्यक्ष रन्जन कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण