‘युरिक एसिड’ बढ्दा के खाने, के नखाने ?
काठमाडौँ । यदि जोर्नीहरूमा अचानक दुखाइ, सुन्निने वा खुट्टाको बुढी औँलामा जलन महसुस भयो भने यसलाई बेवास्ता नगर्नुहोस्। यसको कारण ‘उच्च युरिक एसिड’ हुन सक्छ।
शरीरले भोजन पचाउने र मेटाबोलिक प्रक्रियाका क्रममा युरिक एसिड बनाउँछ। सामान्यतया मिर्गौलाले यसलाई पिसाबमार्फत बाहिर निकाल्छ। तर यो प्रक्रियामा कुनै गडबडी हुँदा शरीरमा युरिक एसिड जम्मा हुन थाल्छ र बाथजस्ता समस्या निम्त्याउँछ।
खराब जीवनशैली, तारेको-भुटेको खाना, पर्याप्त पानी नपिउनु र केही रोगहरूले यो समस्यालाई बढाउन सक्छन्। यद्यपि, समयमै लक्षण पहिचान गरेर सही उपचार गर्दा यसलाई नियन्त्रण गर्न सकिन्छ।
त्यसैले आजको यो सामग्रीमा हामी युरिक एसिडको बारेमा चर्चा गर्नेछौं:
युरिक एसिड के हो? यो किन बढ्छ?
युरिक एसिड शरीरको नियमित कामकाजका क्रममा बन्ने एक प्रकारको विकार हो। भोजनमा ‘प्युरिन’ भन्ने तत्त्व हुन्छ, पाचनका क्रममा यो युरिक एसिडमा परिणत हुन्छ। सामान्यतया मिर्गौलाले यसलाई फिल्टर गरेर पिसाबमार्फत बाहिर निकाल्छ।
जब शरीरले धेरै मात्रामा युरिक एसिड बनाउन थाल्छ र मिर्गौलाले त्यसलाई फिल्टर गर्न सक्दैन, तब यसको स्तर बढ्छ।
धेरै रेड मिट (रातो मासु), रक्सी, गुलियो पेय पदार्थ, डिहाइड्रेसन (पानीको कमी), केही औषधि र मिर्गौला रोगका कारण यो समस्या हुन्छ। यदि लामो समयसम्म युरिक एसिड बढी रह्यो भने बाथ अर्थात् जोर्नी दुख्ने समस्याको कारण बन्न सक्छ।

युरिक एसिड बढ्दा शरीरले कस्ता सङ्केत दिन्छ?
यसको सबैभन्दा सामान्य लक्षण जोर्नीमा तीव्र दुखाइ, सुन्निने र जकड्न हुनु हो। विशेषगरी खुट्टाको बुढी औँला, घुँडा र गोलीगाँठामा पीडा हुन्छ। यो दुखाइ अक्सर अचानक सुरु हुन्छ र राति बढ्न सक्छ। केही गम्भीर अवस्थामा यसले मिर्गौलामा असर गर्छ, जसले गर्दा पिसाब पोल्ने वा मिर्गौलामा पत्थरीको समस्या हुन सक्छ।
युरिक एसिड बढ्दा देखिने संकेतहरू:
- खुट्टाको बुढी औँलामा दुखाइ र जकड्न
- राति दुखाइ बढ्नु
- हिँडडुल गर्न गाह्रो हुनु
- घुँडा, गोलीगाँठा र नाडीमा दुखाइ
- बारम्बार गाउट अट्याक (एक प्रकारको बाथको समस्या)
- पिसाब कम आउनु
- पिसाबमा जलन वा दुखाइ
- पत्थरी

युरिक एसिड बढ्यो भने कस्ता जटिलता आउन सक्छन्?
लामो समयसम्म युरिक एसिड उच्च रह्यो भने धेरै जटिलताहरू हुन सक्छन्। गाउटका कारण जोर्नीमा सुन्निनेसँगै तीव्र दुखाइ सुरु हुन्छ।
लामो समय यस्तो रहँदा जोर्नीमा युरिक एसिडका क्रिस्टलहरू जम्मा हुन थाल्छन् (यसलाई टोफी भनिन्छ), जसले जोर्नीलाई स्थायी रूपमा क्षति पुर्याउन सक्छ। यसले मिर्गौलामा पत्थरीको जोखिम पनि बढाउँछ।
- एक स्वस्थ शरीरमा युरिक एसिडको सामान्य स्तर कति हुनुपर्छ ?
एक स्वस्थ वयस्क पुरुषको शरीरमा युरिक एसिडको सामान्य स्तर ३.४ देखि ७.० mg/dL (मिलीग्राम/डेसीलिटर) र महिलामा २.४ देखि ६.० mg/dL मानिन्छ। बच्चाहरूमा यसको सामान्य स्तर अलि कम हुन सक्छ। यदि युरिक एसिड योभन्दा बढी भयो भने जोर्नी र मिर्गौलालाई असर गर्न सक्छ।
युरिक एसिडको स्तर पत्ता लगाउन कुन परीक्षण गरिन्छ?
यदि डाक्टरलाई युरिक एसिड बढेको शङ्का लागेमा ‘सिरम युरिक एसिड ब्लड टेस्ट’ गराउन सक्छन्। यसमा रगतको नमुना लिएर त्यसमा युरिक एसिडको मात्रा जाँचिन्छ। केही अवस्थामा डाक्टरले ‘युरिन युरिक एसिड टेस्ट’ को पनि सल्लाह दिन सक्छन्। यी दुवै परीक्षण सजिला र सुरक्षित हुन्छन्।
युरिक एसिडको उपचार यसको कारण र स्तरमा निर्भर गर्छ। यदि थोरै मात्र बढेको छ भने जीवनशैलीमा सुधार गरेर नियन्त्रण गर्न सकिन्छ। यसमा पर्याप्त पानी पिउने र तौल नियन्त्रण गर्ने कुरा सहयोगी हुन्छ। यदि गाउट अट्याक नै हुने गरी बढेको छ भने डाक्टरले औषधि दिन्छन्।
युरिक एसिड नियन्त्रण गर्न डाइटमा कस्ता खानेकुरा समावेश गर्ने?
डाइटमा कम प्युरिन भएका र फाइबरले भरिपूर्ण खानेकुरा समावेश गर्नुपर्छ। हरियो सागसब्जी, मौसमी फलफूल, सलाद र होल ग्रेन (कणिकायुक्त अनाज) ले मिर्गौलालाई स्वस्थ राख्न मद्दत गर्छन्। कम चिल्लो भएको दूध, दही र मोही जस्ता दुग्धजन्य पदार्थ फाइदाजनक मानिन्छन्।

खानेकुराहरू:
- पर्याप्त पानी
- लो-फ्याट दूध/दही
- हरियो सागसब्जी, काँक्रो, गोलभेडा
- स्याउ, नासपाती, सुन्तला
- ओट्स, ब्राउन राइस
- कागती पानी, मोही
धेरैजसो अमिलो खानेकुरा भिटामिन-सी ले भरिपूर्ण हुन्छन्। भिटामिन-सी ले मिर्गौला मार्फत युरिक एसिड बाहिर निकाल्ने प्रक्रियालाई सहज बनाउँछ। सुन्तला, कागती, अमला र मौसम जस्ता फल फाइदाजनक हुन्छन्। तर सन्तुलित आहार र सही जीवनशैली पनि उत्तिकै जरुरी छ।
युरिक एसिड बढ्दा के नखाने?
जवाफ- उच्च प्युरिन भएका खानेकुराबाट बच्नुपर्छ। रेड मिट (रातो मासु), भित्री अंगका मासु (कलेजो, गिदी आदि), सी-फुड र रक्सीले युरिक एसिड छिटो बढाउँछन्। चिसो पेय पदार्थ (कोल्ड ड्रिंक्स) र धेरै गुलियो जुस पनि हानिकारक हुन्छन्। धेरै तारेको, भुटेको र जंक फुड खानु हुँदैन।

बार्नुपर्ने कुराहरू:
- रेड मिट र अर्गन मिट
- रक्सी/मदिरा
- सी-फुड (समुन्द्री खाना)
- कोल्ड ड्रिंक्स र प्याकेटका जुस
- जंक फुड
- हाई-प्रोटिन सप्लिमेन्ट
कस्तो अवस्थामा डाक्टरलाई भेट्नै पर्छ?
जवाफ- यदि युरिक एसिड बढेको छ र जोर्नीमा अचानक तीव्र दुखाइ, सुजन वा रातोपन देखिएको छ भने तुरुन्त डाक्टरसँग परामर्श लिनुपर्छ। निम्न अवस्थामा डाक्टरलाई भेट्न जरुरी छ:
- बारम्बार गाउट अट्याक भएमा।
- लामो समयदेखि दुखाइ भइरहेमा।
- हिँडडुल गर्न गाह्रो भएमा।
- पिसाबमा जलन भएमा वा रगत देखिएमा।
- धेरै कम पिसाब आएमा वा पत्थरी भएमा।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण