महाशिवरात्रिमा रातभर जाग्राम: पशुपतिदेखि नागेश्वरसम्म भक्तजनको अभूतपूर्व भीड
सारांश
- महाशिवरात्रिमा हजारौं भक्तजनले पशुपतिनाथ लगायत देशभरका शिवालयमा पूजाआजा गरे।
- यस वर्ष पशुपति क्षेत्र विकास कोषले भक्तजनको चापका कारण रातभर मन्दिर खुला राखेको थियो।
- गोकर्णेश्वर र नागेश्वर महादेव मन्दिरमा पनि भक्तजनको भीड रह्यो, र सफाइ अभियान पनि चल्यो।
काठमाडौँ । चिसो स्याँठ र कठ्याङ्ग्रिँदो जाडोको प्रवाह नगरी हजारौँ भक्तजनले आइतबार रातभर पशुपतिनाथसहित देशभरका शिवालयमा महाशिवरात्रि मनाएका छन्। बिजुली बत्तीले झिलिमिली बनेको पशुपति क्षेत्रमा आइतबार साँझदेखि सुरु भएको भक्तजनको भीड सोमबार बिहानसम्मै कायमै रह्यो।
भक्तजनको चाप अत्यधिक भएपछि पशुपति क्षेत्र विकास कोषले यो वर्ष रातभर मन्दिरको मूलढोका खुला राखेको थियो। पशुपतिनाथमा आइतबार सूर्यास्तपछि सुरु भएको महाशिवरात्रिको चार प्रहरको पूजा आज बिहान ६ बजे सम्पन्न भयो।
विगतका वर्षहरूमा राति १० बजेपछि मूलढोका बन्द गरेर चार प्रहर पूजा गर्ने गरिए पनि यसपालि राति अबेरसम्म भक्तजन लाइनमा बसेकाले ढोका बन्द नगरिएको कोषका सूचना अधिकारी अनिता भट्टले जानकारी दिइन्। पशुपति क्षेत्रमा यस वर्ष लाखौँ भक्तजनले पूजा, आराधना र दर्शन गरेका छन्।
पशुपतिनाथसँगै गोकर्णेश्वर महादेव मन्दिरमा पनि आइतबार रातिसम्म भक्तजनको उत्तिकै भीड लाग्यो। पशुपतिमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्रको पूजा हुने शास्त्रीय मान्यताका कारण धेरै भक्तजन दुवै मन्दिर पुग्ने गर्छन्। भक्तजनको भीडका कारण जम्मा भएको फोहोरलाई आज बिहान वाग्मती सुन्दरता सरोकार मञ्चको नेतृत्वमा सफाइ गरिँदैछ।
त्यस्तै, गोठाटारस्थित नागेश्वर महादेव मन्दिरमा पनि आइतबार बिहानैदेखि लागेको भक्तजनको लाम रातिसम्मै उस्तै थियो। नागेश्वरमा ६ जना ब्राह्मणद्वारा चारै प्रहर पूजाआराधना र रुद्राभिषेक सम्पन्न गरियो।
महाशिवरात्रिमा बाणेश्वर र नागेश्वरको दर्शन गर्नाले मुद्दामामिलाबाट छुटकारा पाउनुका साथै श्री प्राप्ति हुने धार्मिक विश्वास रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाशजङ्ग रायमाझीले बताए। राजधानीका अन्य शिवालयहरूमा पनि मध्यरातसम्मै भक्तजनको चहलपहल देखिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण