राजस्थानको भिवाडीमा रासायनिक कारखानामा विस्फोट, जलेर सात जनाको मृत्यु
नयाँ दिल्ली । भारतको राजस्थानको अलवर जिल्लाको भिवाडीमा रहेको एक रासायनिक कारखानामा ठुलो विष्फोट भएको छ ।
भिवाडी औद्योगिक क्षेत्रमा सोमबार भएको यस दुघर्टनामा कम्तीमा सात जना कामदारको जलेर मृत्यु भएको छ ।
कारखानामा अरु धेरै फसेको बताइएको छ । सोमबार बिहान खुसखेडा औद्योगिक क्षेत्रको प्लट नम्बर जी१–११८मा रहेको एक रासायनिक कारखानामा यो घटना भएको थियो । दुर्घटनाले कारखाना परिसरभित्र भागाभाग भएको थियो ।अग्नि नियन्त्रकहरूहरूले कठिन प्रयासपछि सात जनाको शव बाहिर निकालेका थिए ।
रिपोर्टका अनुसार घटनाको समयमा कारखानामा करिब २५ जना कामदार काम गरिरहेका थिए । आगो यति छिटो फैलियो कि धेरै जना भाग्नै सकेनन् । जानकारी पाएलगत्तै भिवाडीका एसपी प्रशान्त किरण र एडीएम सुमिता मिश्रालगायत प्रहरी र प्रशासनिक अधिकारीहरू घटनास्थलमा पुगे र उद्धार र राहत कार्यको निरीक्षण गरेका थिए ।
भिवाडी, खुशखेडा र वरपरका क्षेत्रहरूबाट आएका धेरै दमकलहरूले घण्टौंको प्रयासपछि आगो नियन्त्रणमा ल्याएको बताइएको छ । प्रशासनले कारखानाको सुरक्षा व्यवस्थाको अनुसन्धान गर्न आदेश दिएको छ ।
आगलागीको कारण हाल अज्ञात छ, उक्त क्षेत्रमा ठुलो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
-
‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
-
अस्ट्रेलियाको रोमान्चक जितसँगै बंगलादेशको क्लिन स्विप गर्ने सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण