फेवाताल किनारमा बनेको अवैध संरचनामा पोखरा महानगरको डोजर
पोखरा । फेवाताल किनारमा निर्माण भएको अवैध संरचनामाथि पोखरा महानगरपालिकाले डोजर चलाएको छ । पोखरा १८ रातोमाटे डाँडा र सेदीमा अनधिकृत रुपमा निर्माण गरिएका संरचना हटाइएको हो ।
फेवातालको मापदण्ड भित्र निर्माण गरी क्याफे सञ्चालनको तयारी भइरहेको रातोमाटे डाँडा स्थित सुनिल गुरुङ र सेदी स्थित किशोर दाहालको अस्थायी संरचना हटाइएको महानगरपालिकाले जनाएको छ ।
गुरुङले ६५ मिटर भित्र र दाहालले फेवातालको ताल घर भित्र पर्ने क्षेत्रमा संरचना निर्माण गरेको पाइएपछि हटाइएको नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले बताए ।
महानगरले पटक–पटक निर्माण कार्य रोक्न निर्देशन दिँदा पनि अटेर गरेपछि नेपाल प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले संरचना भत्काएको हो ।
यसअघि नगर प्रहरीको टोलीले निर्माणस्थलमा पुगेर काम रोक्का राख्नुका साथै निर्माण सामग्रीसमेत नियन्त्रणमा लिएको थियो । तर, निर्माण पक्षले महानगरको निर्देशनलाई बेवास्ता गर्दै रातिको समय र सार्वजनिक बिदाको दिन पारेर लुकीछिपी काम गरेका हुन् ।
योसँगै महानगरले संरचना निर्माणअघि अनुमति लिन सूचना जारी गरेको छ । ‘महानगर क्षेत्रभित्र कुनै पनि अस्थायी तथा स्थायी संरचना निर्माण गर्नुपूर्व नगरपालिकाको अनुमति लिएर मात्र गर्नुहोला,’ महानगरको सूचनामा भनिएको छ, ‘अन्यथा कारबाहीको भागीदार हुनुपर्नेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण