चुनावी प्रचारको पहिलो दिन सुर्खेत पुगेर घरदैलोमा सहभागी भइन् खुश्बु ओली
सारांश
- प्रतिनिधिसभा निर्वाचनको प्रचार प्रसार आजबाट सुरु भएको छ।
- राप्रपा नेतृ खुश्बु ओली सुर्खेतमा घरदैलो कार्यक्रममा सहभागी भइन् र रवि किरण हमालको लागि मत मागिन्।
- राप्रपाले सुदूरपश्चिममा विभिन्न ठाउँमा चुनावी कार्यक्रम गर्ने भएको छ, जसमा राजेन्द्र लिङ्देन सहभागी हुनेछन्।
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार सुरु भएको छ ।
सोहीअनुसार दलहरूले चुनावी घरदैलोलाई तीव्रता दिँदै आफ्नो पक्षमा जनमत तान्ने प्रयास गरिरहेका छन् ।
यसैक्रममा सोमबार राप्रपा नेतृ तथा समानुपातिक उम्मेदवार खुश्बु ओली सोमबार सुर्खेत पुगेर घरदैलो कार्यक्रममा सहभागी भएकी छन् । सुर्खेत–१ बाट राप्रपाको उम्मेदवार रहेका रवि किरण हमालको पक्षमा मत माग्न उनी घरदैलोमा सहभागी भएकी हुन् ।
हमाल छिन्चु बजार आसपासको क्षेत्रमा आफू घरदैलोमा सहभागी भएको उनले बताइन् । घरदैलोका क्रममा मतदाताहरूले हिन्दुराष्ट्र र राजतन्त्र अहिलेको आवश्यकता भएको भन्दै सकारात्मक प्रतिक्रिया दिएको उनले बताइन् । उनी केही दिनदेखि चुनावी प्रचार प्रसारका क्रममा विभिन्न जिल्लामा रहेकी छन् ।
यसैबिच राप्रपाले मंगलबार सुदूरपश्चिमको ६ ठाउँमा चुनावी कार्यक्रम गर्ने भएको छ । ओलीका अनुसार टीकापुर, लम्की, सुखड, अत्तरिया, झलारी र महेन्द्र नगरमा चुनावी सभा गर्ने कार्यक्रम रहेको छ । त्यसका लागि आजै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन कैलाली पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको अभिव्यक्ति तुरुन्त निरूपण हुनुपर्छ : एमाले
-
नेपाल सीमा अतिक्रमणकारी देश होइन, प्रधानमन्त्रीले माफी माग्नुपर्छ : निश्कल राई
-
करको दर हेरफेर विवाद : मन्त्री पोखरेलद्वारा अर्थमन्त्री वाग्लेको बचाउ, बजेटमा पूर्ण समर्थन
-
ओपनएआईले दियो आइपीओका लागि गोप्य आवेदन
-
बीपी राजमार्गमा सवारी आवागमन रोकियो
-
प्रतिनिधि सभामा विपक्षी दलहरूले अवरोध कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण