नेपाली क्रिकेट सुधार्न खेलाडीमाथि दबाब र बलियो संरचना आवश्यक : कन्सल्ट्यान्ट प्रशिक्षक पोथास
सारांश
- निक पोथसले खेलाडीहरूलाई प्रदर्शनका लागि दबाब दिन र घरेलु संरचना बलियो बनाउनुपर्ने बताए।
- नेपालले टी-२० विश्वकपमा इटाली र वेस्ट इन्डिजसँग खराब प्रदर्शन गर्यो, तर इंग्ल्याण्डसँग राम्रो खेलेको थियो।
- पोथासले घरेलु क्रिकेटको स्तर र पिचहरू विश्वकपका लागि उपयुक्त नभएको र खेलाडीलाई उच्च स्तरको क्रिकेट खेल्ने अवसर चाहिएको बताए।
मुम्बई । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कन्सल्ट्यान्ट प्रशिक्षक निक पोथसले नेपालको क्रिकेट स्तरमा वास्तविक सुधार ल्याउन खेलाडीहरूलाई प्रदर्शनका लागि थप दबाब दिनुपर्ने र घरेलु संरचना बलियो बनाउनुपर्ने बताएका छन्। टी-२० विश्वकपअन्तर्गत मंगलबार मुम्बईमा स्कटल्याण्डविरुद्धको अन्तिम खेल खेल्नुअघि पत्रकारहरूसँग कुरा गर्दै पोथासले अघिल्ला दुई खेलमा भएका गल्ती नदोहोर्याउन टोलीलाई आग्रह गरेका हुन्।
विश्वकपको सुरुवातमा इंग्ल्याण्डसँग अन्तिम बलमा पराजित हुँदै उत्कृष्ट प्रदर्शन गरेको नेपाल त्यसपछिका खेलमा इटाली र वेस्ट इन्डिजसँग निकै खराब ढंगले पराजित भएको थियो। प्रशिक्षक पोथासले टोलीभित्र सीपको कमी नभए पनि खेलाडीहरूले सोचेजस्तो छिटो सिक्न नसकेको गुनासो गरेका छन्।
उनले नेपालमा क्रिकेट सुधारका लागि तलैदेखि बलियो पूर्वाधार र प्रतिष्पर्धात्मक वातावरण चाहिनेमा जोड दिएका छन्। खेलाडीहरूले आफ्नो स्थान जोगाउन र उत्कृष्ट प्रदर्शन गर्नका लागि सधैँ दबाब महसुस गर्नुपर्ने वातावरण भए मात्र टोली बलियो हुने उनको तर्क छ।
उनले नेपालको घरेलु क्रिकेटको स्तर र पिचहरू नेपाली शैलीका लागि उपयुक्त भए पनि विश्वकप जस्तो ठूलो मञ्चमा भने साना गल्तीहरू पनि महँगो सावित हुने धारणा राखे। नेपाली समर्थकहरूको ठूलो साथ पाएको टोलीले विश्वकपको अन्तिम खेलमा उनीहरूलाई सम्झनलायक नतिजा दिनुपर्ने पोथासले बताए।
उनले नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्कासँग टोलीको संरचना र सुधारका विषयमा छलफल गर्ने समेत जानकारी दिएका छन्। पटक-पटक फरक व्यवस्थापनका साथ काम गर्नुपर्दा केही कठिनाइ भएको संकेत गर्दै उनले नेपाली खेलाडीहरूलाई आफ्नो घरेलु घेराभन्दा बाहिर निस्किएर उच्च स्तरको क्रिकेट खेल्ने अवसर र अनुभवको खाँचो रहेको औंल्याएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि घट्यो कच्चा तेलको भाउ, ब्रेन्ट ७३.७६ डलर र डब्ल्यूटीआई ७०.४३ डलरमा कारोबार
-
रास्वपामा पदाधिकारी चयन गर्नका लागि मतदान सुरु
-
प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावको जनमोर्चाद्वारा स्वागत
-
उम्मेदवारी फिर्ता र समर्थनप्रति गणेश कार्कीको असन्तुष्टि- ‘यसले सभापतिको भनाइलाई नै खिल्ली उडायो’
-
अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध छ : रुबियो
-
निर्माण इजाजतपत्र अब अनलाइनबाटै नवीकरण हुनेः साउन १ देखि नयाँ व्यवस्था लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण