अभिनेत्री अमिषा पटेलविरुद्ध गैरजमानती वारेन्ट जारी
सारांश
- बलिउड अभिनेत्री अमिषा पटेलविरुद्ध सन् २०१७ को घटनासँग सम्बन्धित मुद्दामा अदालतले गैरजमानती वारेन्ट जारी गरेको छ।
- अमिषा पटेलले यो मुद्दा पुरानो भएको र समाधान भइसकेको बताउँदै झूटा आरोपविरुद्ध कानुनी कारबाही गर्ने बताएकी छिन्।
- अदालतले अभिनेत्रीलाई मार्च २७ मा अदालतमा उपस्थित हुन निर्देशन दिएको छ।
नयाँ दिल्ली । बलिउड अभिनेत्री अमिषा पटेल एक्कासि हेडलाइनमा आएकी छिन् । अभिनेत्री पटेलविरुद्ध सन् २०१७ को एक घटनासँग सम्बन्धित विवादको सम्बन्धमा मुरादाबाद अदालतले गैरजमानती वारेन्ट जारी गरेपछि उनी चर्चामा आएकी हुन् ।
अभिनेत्री पटेलले भने यो मामिला धेरै पुरानो भएको र सल्टिसकेको बताएकी छिन् । साथै उनले झूटा आरोपहरू विरुद्ध कानुनी कारबाही गर्ने कुरा पनि गरेकी छिन् ।
यस मामिलामा पटेलले आफ्नो इन्स्टाग्राममा एउटा स्टोरी सेयर गरेकी छिन् । सो स्टोरीमा उनले मिडिया रिपोर्टहरूलाई उद्धृत गर्दै पवन वर्माले मुरादाबादमा केही कारबाही गरेको उल्लेख छ ।
‘म सबैलाई जानकारी गराउन चाहन्छु कि यो १५ वर्ष पुरानो मुद्दा हो, जसमा पवन बर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए र तय भएका पूरै रकम प्राप्त गरेका थिए । यसका बाबजुद पनि यस्तो देखिन्छ कि उनले झूटा आरोप लगाएर कारबाही सुरु गरेका छन् । यस व्यक्तिको झूट र छल उजागर गर्न मेरा वकिलहरूले उनीविरुद्ध फौजदारी कारबाही सुरु गर्न लागेका छन् । यद्यपि, म मेरो काममा ध्यान केन्द्रित गर्न चाहन्छु र ती मानिसहरूलाई बेवास्ता गर्न चाहन्छु । जो झूठा बहानामा ध्यान आकर्षित गर्न तमासा खडा गर्छन्’ अभिनेत्रीले पोस्टमा लेखेकी छिन् ।
अदालतले अभिनेत्रीलाई मार्च २७ मा अदालतमा उपस्थित हुन निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण