शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको पेस्तोल र ४० राउण्ड गोली झापामा बरामद

मङ्गलबार, ०५ फागुन २०८२, १४ : १५
मङ्गलबार, ०५ फागुन २०८२

झापा । झापाको बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनीबाट गत भदौमा लुटिएको पेस्तोल र गोली प्रहरीले बरामद गरेको छ । 

गत भदौ २४ गते भएको 'जेनजी’ आन्दोलनको क्रममा प्रहरी कार्यालयबाटै लुटिएको उक्त हतियार कन्काई नगरपालिका–८ मिश्रा टोलस्थित एक घरबाट फेला परेको हो ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध ब्युरो काकडभिट्टाको संयुक्त टोलीले तुल बहादुर थापा मगरको घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा उनका २२ वर्षीय छोरा सौगात थापा मगरले घर पछाडिको कुखुराको खोरमा प्लास्टिकको ड्रमभित्र लुकाएर राखेको अवस्थामा १ थान ‘ सीएफ९८’ पेस्तोल, सोही पेस्तोलको १ थान म्याग्जिन र ४० राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

अनुसन्धानका क्रममा उक्त हतियार र गोली अनारमनी प्रहरीबाटै लुटिएको पुष्टि भएपछि प्रहरीले हतियार लुटपाटमा संलग्न स्थानीय २२ वर्षीय सुजय राजवंशीलाई नियन्त्रणमा लिएको छ । 

हतियार लुकाउने मुख्य आरोपी सौगात थापा मगर भने हाल फरार रहेकाले उनको तीव्र खोजी भइरहेको प्रहरी प्रवक्ता खगेन्द्र बहादुर खड्काले बताए । पक्राउ परेका राजवंशीमाथि मुलुकी अपराध संहिता २०७४ बमोजिम थप अनुसन्धान र कानुनी कारबाही अघि बढाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप