नागढुङ्गामा २ केजी ९०० ग्राम चाँदीसहित १७ वर्षीय किशोर पक्राउ
सारांश
- नागढुङ्गामा प्रहरीले ३ केजी चाँदीसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।
- प्रहरीले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बसमा जाँच गर्दा चाँदी फेला पारेको हो।
- पक्राउ परेका युवक र चाँदीलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ।
काठमाडौँ । काठमाडौँको मुख्य नाका नागढुङ्गामा प्रहरीले झण्डै ३ केजी चाँदीसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा अवैध रूपमा ल्याइएको चाँदीका दानासहित पर्साका १७ वर्षीय किशोरलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बुधबार अपराह्न ४ बजे वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बा प्र. ०१-००६ ख ५५२९ नम्बरको यात्रुवाहक बसलाई नागढुङ्गास्थित चेक प्वाइन्टमा रोकिएको थियो। प्रहरी प्रभाग नागढुङ्गा र लागू औषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले खानतलासी गर्दा बसमा सवार किशोरको साथमा रहेको कालो झोलाभित्र सेतो प्लास्टिकले बेरी लुकाई छिपाई ल्याएको अवस्थामा चाँदी फेला परेको हो।
बरामद गरिएको २ केजी ९०० ग्राम चाँदीको बजार मूल्य करिब १२ लाख १४ हजार ५ सय २० रुपैयाँ बराबर रहेको प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिए। अवैध रूपमा ओसारपसार गरिएको उक्त चाँदी र पक्राउ परेका युवकलाई आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण