उत्तर–पश्चिम पाकिस्तानको चेकपोस्टमा आक्रमण : सुरक्षाकर्मीसहित २३ जनाको मृत्यु
इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको सुरक्षा चेक पेष्टमा भएको आतङ्कवादी आक्रमणमा कम्तीमा ११ जना सुरक्षाकर्मी र १२ जना विद्रोहीको मृत्यु भएको सेनाले मङ्गलबार जनाएको छ ।
विद्रोहीहरूले बाजौर जिल्लामा सुरक्षा बल र कानून प्रवर्तन एजेन्सीहरूको संयुक्त चेकपोष्टमा आक्रमण गर्ने प्रयास गरेको पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिस पब्लिक रिलेसन्स (आइएसपिआर) ले विज्ञप्ति मार्फत जनाएको छ ।
आक्रमणकारीहरूले चेकपोस्टको सुरक्षा उल्लङ्घन गर्ने प्रयास गरेता पनि सुरक्षाकर्मीहरूले द्रुत र प्रभावकारी रूपमा गरेको जवाफी कारवाहिमा १२ जना विद्रोहीको मृत्यु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आक्रमणपछि विस्फोटक पदार्थले भरिएको गाडी चेकपोस्टको पर्खालमा ठोक्किएर शक्तिशाली विस्फोट हुँदा चेकपोष्टको केही भाग क्षेतिग्रस्त भएको आइएसपिआरले जनाएको छ ।
विष्फोटको कारण ११ जना सुरक्षाकर्मीको मृत्यु भएको जनाउँदै नजिकैको आवासीय भवनहरू पनि क्षतिग्रस्त हुँदा एक जना महिलाको मृत्यु हुनुका साथै अन्य सात जना सर्वसाधारण घाइते भएको जनाइएको छ ।
सुरक्षा बलले बाँकी विद्रोहीलाई नष्ट गर्ने अभियान सुरु गरेको आइएसपीआरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण