चेक बाउन्स मुद्दामा बलिउड अभिनेता राजपाल यादव जेलमुक्त
काठमाडौँ । बलिउडका चर्चित अभिनेता राजपाल यादव चेक बाउन्स मुद्दामा दिल्लीको तिहाड जेलबाट रिहा भएका छन्।
उच्च अदालतबाट अन्तरिम जमानत पाएपछि मंगलबार रिहाईको कानुनी प्रक्रिया पूरा गरी उनी जेलबाट बाहिर आएका हुन्।
जेलबाट निस्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूमाथि लागेका सबै आरोपको जवाफ दिने बताएका छन्।
उनले अदालतलाई धन्यवाद दिँदै आफ्नो कठिन समयमा साथ दिने समर्थकहरूप्रति आभार व्यक्त गरे।
राजपालले सन् २०१० मा फिल्म ‘अता पता लापता’ बनाउन मुरली प्रोजेक्ट्स प्राइभेट लिमिटेडबाट ५ करोड भारतीय रुपैयाँ ऋण लिएका थिए। तर फिल्म फ्लप भएपछि उनी आर्थिक संकटमा परे र समयमै ऋण तिर्न सकेनन्।
ऋण लिने क्रममा उनले दिएको चेक बाउन्स भएपछि उनीविरुद्ध उजुरी परेको थियो। यसअघि दुवै पक्षबिच सम्झौता भए पनि रकम भुक्तानी हुन सकेको थिएन, जसले गर्दा ब्याजसहित ऋणको भार थपिएको थियो।
यही मुद्दामा सन् २०१८ मा दिल्लीको कडकडडुमा अदालतले उनलाई ६ महिनाको जेल सजाय सुनाएको थियो। सोही आदेश बमोजिम उनले गत फेब्रुअरी ५ मा तिहाड जेलमा आत्मसमर्पण गरेका थिए।
सन् २०२७ मा बलिउड यात्राको ३० वर्ष पूरा गर्न लागेका राजपालले आगामी दिनमा आफ्ना कानुनी समस्याहरू सुल्झाउँदै काममा फर्किने विश्वास दिलाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण