नेपाली पर्वहरूको माध्यमबाट सबै नेपालीबिच बन्धुत्वको भावना अभिवृद्धि गर्छ: उपाध्यक्ष घिमिरे
सारांश
- राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले नेपाली पर्वहरूले बन्धुत्वको भावना बढाउने बताइन्।
- उनले ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई बलियो बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरिन्।
- ग्याल्पो ल्होसार शेर्पा समुदायको नयाँ वर्ष हो, जसले पारिवारिक मेलमिलापलाई बढाउँछ।
काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले नेपाली पर्वहरूको माध्यमबाट सबै नेपालीबिच आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि गर्ने बताएकी छन् ।
नयाँ वर्ष शुभारम्भको खुसीयालीमा मनाइने शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा बुधबार नेपालीहरुमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्दै उनले नेपाली पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरेकी छन् ।
उनले भनिन् छ, “बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय समुदाय र भौगोलिक विविधता हाम्रो देशका पहिचानहरू हुन् । हाम्रो संविधानले सबै भाषा, धर्म, वर्ग, जाति, भूगोल, समुदाय र संस्कृतिको समान अस्तित्वलाई स्वीकार गरेको छ । हामी नेपाली विविध भाषा, संस्कृति, चाडपर्व र परम्पराका धनी छौँ, हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अङ्ग हो ।”
नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्ष सुरु हुने विश्वाससहित ग्याल्पो ल्होसार मनाइन्छ । यस पर्वको अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ । पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा यस पर्वलाई लिइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण