गत आम निर्वाचनमा रास्वपाबाट प्रत्यक्षतर्फको उम्मेदवार रहेकी भुर्तेलद्वारा पार्टी परित्याग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संस्थापक सदस्य तथा गत आम निर्वाचनकी प्रत्यक्षतर्फकी उम्मेदवार खेम कुमारी भुर्तेल (उर्मिला) साधारण सदस्य समेत नरहने गरी पार्टीबाट राजीनामा दिएकी छिन् । उनले पार्टीको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै राजीनामा घोषणा गरेकी हुन् ।
राजीनामा पत्रमा उनले लेखेकी छिन्– 'म रास्वपाको संस्थापक सदस्य २०७९ सालको प्रत्यक्ष महिला ११ जना उम्मेदवारमध्ये मधेस प्रदेशको एक्लो महिला उम्मेदवार । आजसम्म आफ्नो योग्यता, क्षमता, दक्षता र समय समर्पित गर्दै पार्टीप्रति निस्वार्थ भावले निरन्तर योगदान पुर्याउँदै आएकी छु। तर पार्टी विधि विधान विपरीत चाप्लुसीवाद र आर्थिक वादमा लिप्त भएर गएको, सक्षम महिला तथा युवाहरूलाई नारामा मात्र सीमित राखेको छ। जिम्मेवारी ग्रहण गर्नुपर्ने ठाउँमा बेवास्ता गरिएको, पार्टीभित्र भ्रष्टाचार बढेको र आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धित पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालीन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठिक विपरीत भएको अनुभव गरेकी छु।'
भुर्तेलले भनेकी छिन्– 'सङ्गठनमा दिनरात खटिएका क्षमतवान घण्टी मित्रहरूको योगदानको उचित मूल्याङ्कन नभएको, विधि र विधान विपरीत क्रियाकलापहरू भएको , पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको र मूलतः आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मूल्यमाथि आँच आउने परिस्थिति बनेको छ। पार्टी सङ्कटमा पर्दा पार्टी बनाउन मैले गरेका योगदानहरू पार्टी पङ्क्ति र आम नागरिकहरूलाई पनि जानकारी छ। राष्ट्रिय स्वतन्त्र पार्टीमा रहेर म नागरिकहरूसँग जबाफदेहिता हुन नसक्ने कारण यी सबै क्रियाकलापहरूको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने
-
सय दिनमा परराष्ट्र नीतिलाई नयाँ ढङ्गले अघि बढाउने सरकारी दाबी
-
चिनियाँ प्रहरीको नियन्त्रणमा रहेका दुई नेपाली युवा रिहा
-
विद्यालयका छात्रहरुको सोचाइमा परिवर्तन
-
पूर्वी नेपालमा विपद् प्रतिकार्यमा सेनाको तयारी पूरा
-
महाधिवेशनमा प्रविधि प्रयोगमा एमाले अगाडि, किन चुक्यो रास्वपा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण