एक दशकपछि रिङमा फर्कँदै रोन्डा
सारांश
- मिक्स्ड मार्सल आर्ट्स (एमएमए) लिजेन्ड रोन्डा राउसेले सन्यासपछि पुनः रिङमा फर्किने घोषणा गरेकी छिन्।
- मे १६ मा क्यालिफोर्नियामा राउसे र गिना कारानोबीचको प्रतिस्पर्धा हुनेछ, जुन नेटफ्लिक्समा प्रसारण हुनेछ।
- यो खेल महिला कम्ब्याट स्पोर्ट्सको इतिहासकै ठुलो र बहुप्रतिक्षित खेल हुने दाबी गरिएको छ।
क्यालिफोर्निया। मिक्स्ड मार्सल आर्ट्स (एमएमए) की लिजेन्ड रोन्डा राउसेले खेल जीवनबाट सन्यास लिएको एक दशकपछि पुनः रिङमा फर्किने घोषणा गरेकी छिन्।
आगामी मे १६ मा क्यालिफोर्नियास्थित १८ हजार क्षमताको इन्ट्युट डोममा हुने 'सुपर–फाइट' मा उनले अर्की चर्चित फाइटर गिना कारानोसँग प्रतिस्पर्धा गर्ने तय भएको हो।
यो भिडन्त महिला कम्ब्याट स्पोर्ट्सको इतिहासमै सबैभन्दा ठुलो र बहुप्रतिक्षित खेल हुने दाबी गरिएको छ। ३९ वर्ष पुगिसकेकी राउसे र कारानोबिचको यो खेल नेटफ्लिक्समा प्रत्यक्ष प्रसारण हुने पहिलो एमएमए खेल समेत बन्नेछ। १४५ पाउन्डको तौल समूहमा हुने यो प्रतिस्पर्धा पाँच राउन्डसम्म चल्नेछ।
लामो समयको पर्खाइपछि आफू र गिनाबिचको यो ऐतिहासिक भिडन्त सार्वजनिक गर्न पाउँदा निकै उत्साहित रहेको राउसेले बताएकी छिन्। ओलम्पिक जुडोमा कास्य पदक विजेता राउसे यूएफसीसँग सम्झौता गर्ने र युएफसी बेल्ट जित्ने पहिलो महिला हुन्।
एमएमएमा लगातार पाँच वर्ष अपराजित रहेकी उनले २९ वर्षको उमेरमा एमएमएबाट सन्यास लिएकी थिइन्। सन् २०१५ मा होली होल्मसँग अप्रत्याशित रूपमा पराजित भएपछि उनको अपराजित यात्रा टुङ्गिएको थियो भने अर्को वर्ष अमान्डा नुनेससँग हारेपछि उनले सन्यास लिएर डब्लुडब्लुईमा पाइला चालेकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण