कट्टेल र बास्तोलालाई रिहा गर्न संघर्ष समितिको माग
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालसहित चार राजनीतिक दलहरू सम्मिलित ‘केन्द्रीय संयुक्त संघर्ष समिति’ले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलालाई पक्राउ गरिएको भन्दै सरकारको विरोध गरेको छ ।
समितिले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ परेका दुवै नेताको तत्काल र बिनाशर्त रिहाइको माग गरेको छ ।
संयुक्त संघर्ष समितिका संयोजक सीपी गजुरेलद्वारा जारी विज्ञप्ति अनुसार, अध्यक्ष ऋषि कट्टेललाई आज दिउँसो करिब १२ बजे कीर्तिपुरको ट्याङ्लास्थित पार्टी कार्यालयबाट पक्राउ गरिएको हो । प्रहरीले बिना कारण र बिना पक्राउ पुर्जी उनलाई नियन्त्रणमा लिई हाल टेकुस्थित अपराध महाशाखामा राखेको जनाइएको छ । त्यस्तै, नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलालाई हिजो काठमाडौंको खिचापोखरी क्षेत्रबाट गिरफ्तार गरिएको थियो ।
चार दल र क्रान्तिकारी शक्तिहरू मिलेर बनेको संयुक्त संघर्ष समितिले आगामी संसदीय निर्वाचन बहिष्कार गर्ने नीति अख्तियार गरेको छ ।
सोही बहिष्कारको नीतिका कारण नै सरकारले प्रतिशोध साँधेर नेताहरूलाई पक्राउ गरेको समितिको जिकिर छ । विज्ञप्तिमा सुशीला कार्की नेतृत्वको सरकारलाई ‘कठपुतली’ को संज्ञा दिँदै यो गिरफ्तारीलाई फासीवादी कदम भनिएको छ ।
वक्तव्यमा भनिएको छ, 'यो गिरफ्तारी संविधान प्रदत्त नेपाली नागरिकलाई विचार अभिव्यक्तिको मौलिक अधिकारबाट बञ्चित गर्ने फासीवादी कदम हो ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण