गगन थापाको ‘मधेस प्रतिज्ञा’ : जनकपुरको माटोबाट राजनीतिको नयाँ भाष्य, अब ‘घोषणापत्र’ होइन ‘अक्षर–अक्षरको पालना’ को ग्यारेन्टी
काठमाडाैँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको राजनीतिक र विकासको शैली बदल्ने ‘प्रतिज्ञा’ गरेका छन् । मधेसलाई ‘अन्नको भण्डार र ज्ञानको पाठशाला’ को रूपमा पुनःस्थापित गर्ने संकल्पसहित थापाले अब कांग्रेसले केवल घोषणापत्र मात्रै नछाप्ने, बरु प्रत्येक शब्दको अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाए।
उनले मधेससँगको सम्बन्धलाई राजनीतिक लाभ–हानीभन्दा माथि उठेर ‘बेटा र माटो’ को सम्बन्धका रूपमा व्याख्या गरे ।
‘मधेसको बेटा हुन आएको हुँ’
थापाले मधेसी पहिचान र सम्मानको मुद्दालाई गम्भीरताका साथ उठाए । ‘म यहाँ मधेसको नेता हुन होइन, बेटा हुन आएको हुँ,’ भन्दै उनले थपे, ‘मेरो नसामा मधेसी आमाको रगत नहोला, तर मेरो छातीमा दुर्गानन्द झाको शाहस र आँखामा महेन्द्र नारायण निधिको सपना छ ।’ उहाँले अब सिंहदरबार छिर्दा मधेसीले आफ्नो धोती–कुर्ता लुकाउनु नपर्ने र गर्वका साथ ‘हम मधेसी छी’ भन्नसक्ने वातावरण काँग्रेसले निर्माण गर्ने उद्घोष गरे ।
राजा जनकको प्रतिज्ञा र कांग्रेसको नयाँ बाटो
जा जनकले सीताको विवाहका लागि लिएको प्रतिज्ञा र भगवान रामले धनुष उठाएर गरेको विजयलाई स्मरण गर्दै थापाले कांग्रेसको आगामी यात्रा ‘प्रतिज्ञा’ मा आधारित हुने बताए। ‘
यो शक्तिको विजय मात्र होइन, यो प्रतिज्ञाको विजय हो,’ थापाले भने, ‘आज म जे बोल्दैछु, यो प्रतिज्ञा हो । सरकारमा हुँदा होस् वा सडकमा, कांग्रेस आफ्नो प्रतिज्ञाबाट एक इन्च पनि पछि हट्नेछैन । हामीले २७ वटा क्षेत्रमा ७ वर्ष लगाएर अध्ययन गरी यो प्रतिज्ञा तयार पारेका छौँ ।’
शिक्षा र स्वास्थ्यमा क्रान्तिः मधेसलाई पुनः ‘ज्ञानको केन्द्र’ बनाउने अठोट
थापाले मधेसको खस्कँदो शैक्षिक स्तरप्रति चिन्ता व्यक्त गर्दै गणित र विज्ञानको पढाइ सुधार्ने विशेष योजना अघि सारे । स्वास्थ्य क्षेत्रमा उहाँले ‘एक रुपैयाँ तिर्नु नपर्ने’ स्वास्थ्य बीमा प्रणालीको ग्यारेन्टी गरे। कतारमा पसिना बगाएर कमाएको पैसा आमाको उपचारमा सकिने दिनको अन्त्य गर्ने उनको संकल्प छ ।
‘कुनै बेला पहाडका मान्छे गणित सिक्न मधेस आउँथे, आज यहाँकै विद्यालय कमजोर छन्,’ उनले भने ।
किसान र वैदेशिक रोजगारीः पसिनाको मूल्य र भविष्यको ग्यारेन्टी
मधेसका उखु र आलु किसानको समस्यालाई नजिकबाट नियालेको बताउँदै थापाले यस दशकलाई ‘किसानको दशक’ बनाउने घोषणा गरे । वैदेशिक रोजगारीमा रहेका युवाहरूका लागि सरकारले दुतावासमार्फत विशेष हेरचाह गर्ने र उनीहरू फर्कंदा कुनै न कुनै व्यवसायको मालिक बन्ने वातावरण निर्माण गर्ने योजना उनले सुनाए।
‘४ खर्बको कृषि उपज आयात गर्ने देशलाई हामी आफ्नै उत्पादनले आत्मनिर्भर बनाउनेछौँ’ उनले भने ।
निषेधको होइन, सबैलाई जोड्ने राजनीतिको वकालत
कांग्रेस एक्लैले देश बदल्न नसक्ने स्वीकार गर्दै थापाले ‘टिम नेपाल’ को अवधारणा ल्याए। थापाकाअनुसार यो टिमले अर्को पार्टीलाई होइन, बरु नेपालको कुशासन, गरिबी र बेरोजगारीलाई हराउनेछ ।
उनले ३२ जना उम्मेदवारहरूलाई घर–घर गएर ‘बदलिएको कांग्रेस’ को सन्देश प्रवाह गर्न निर्देशन समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण