नेसनल प्याब्सन गण्डकीको अध्यक्षमा सिकन्दर गुरुङ निर्विरोध, ९ सदस्यीय कार्यसमिति चयन
पोखरा । गीता राणा केन्द्रीय अध्यक्ष रहेको नेसनल प्याब्सनको गण्डकी प्रदेश अध्यक्षमा सिकन्दर गुरुङ चयन भएका छन् ।
बुधबार पोखरामा सम्पन्न दोस्रो प्रदेश अधिवेशनले यसअघि प्रदेश सचिवको जिम्मेवारी सम्हालिसकेका तनहुँका गुरुङको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश समन्वय उपसमिति संयोजक तिलक चौहानको अध्यक्षतामा भएको अधिवेशनले उपाध्यक्षमा कास्कीका चेतनारायण भण्डारी, सचिवमा तनहुँका बालचन्द्र घिमिरे र कोषाध्यक्षमा नवलपुरका शिव गुरुङलाई जिम्मेवारी सुम्पिएको छ ।
नयाँ कार्यसमितिको सदस्यहरूमा तनहुँकी तारा भट्टराई, बागलुङका गणेश मल्ल तथा कास्कीका प्रेम भण्डारी र भोजराज अधिकारी निर्वाचित भएका छन् । नवलपुरबाट एक सदस्य पछि थप गर्ने गरी कार्यसमितिलाई पूर्णता दिइएको छ । नेसनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष सूर्यबहादुर अधिकारीले उद्घाटन गरेको उक्त कार्यक्रममा कास्की अध्यक्ष रोशन कोइरालाले स्वागत मन्तव्य राखेका थिए ।
निर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै संयोजक तिलक चौहानले संगठनलाई थप चुस्त र गतिशील बनाउन नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण