एमालेले मात्रै मुलुकलाई सङ्कटमुक्त गराउन सक्छ : पार्वत गुरुङ
काठमाडौँ । नेकपा (एमाले)का नेता एवं पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आफ्नो पार्टीले मात्रै मुलुकलाई सङ्कटमुक्त गराउन सक्ने दाबी गरेका छन् ।
बुधबार काठमाडौँमा दोलखाका युवाहरूको भेलामा बोल्दै उनले सो कुरा बताएका हुन् । नेता गुरुङले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनका लागि आगामी निर्वाचनमा एमाले विजयी हुनुपर्ने जिकिर समेत गरे ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै जनतालाई दिग्भ्रमित गराएर मुलुकलाई अघि बढाउन नसकिने पनि बताए । नेता गुरुङले आसन्न निर्वाचनमा आफूले राष्ट्रलाई समृद्ध बनाउने र दोलखामा आर्थिक क्रान्ति ल्याउने विषयलाई मुख्य एजेण्डा बनाएको बताए ।
उनले भने, 'एमालेले देशलाई सङ्कटबाट बचाउनेछ । समृद्ध नेपाल: सुखी नेपाली बनाउने अभियानलाई यस चुनावले सहयोग गर्नेछ । जनतालाई दिग्भ्रमित गरेर देश बन्दैन । देश बनाउनका लागि एमाले चाहिन्छ । देश बनाउने र युवाहरूको भविष्य सुनिश्चित गर्ने काम हामी गर्छौ । मुलुकलाई समृद्ध बनाउने र दोलखामा आर्थिक क्रान्ति ल्याउने काम मेरो मुख्य चुनावी एजेण्डा हो । युवाहरूको सपना पूरा गर्नका लागि जस्तोसुकै बलिदान गर्न पनि म तयार छु ।'
त्यस अवसरमा नेता गुरुङले युवाहरूको सपनालाई साकार पार्न आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
-
नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच
-
मिटरब्याज पीडितसँग वार्ता गर्न निजगढ पुगे गृहमन्त्री, पहिलो चरणको वार्ता सम्पन्न (तस्बिरहरू)
-
दुःख दिइरहेको राजदुवाली, विकल्प अझै बनेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण