टी–२० विश्वकप: नेदरल्यान्ड्स विरुद्ध भारत १७ रनले विजयी
सारांश
- भारतले नेदरल्यान्ड्सलाई १७ रनले पराजित गर्दै आईसीसी टी-२० विश्वकप २०२६ मा जित हासिल गर्यो।
- भारतका लागि शिवम दुबेले ६६ रन बनाए भने सूर्यकुमार यादव र तिलक वर्माले पनि महत्त्वपूर्ण योगदान दिए।
- नेदरल्यान्ड्सले १७६ रन मात्र बनाउन सक्यो, आर्यन दत्त र लोगन भान विकले केही विकेट लिए।
काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत बुधबार सम्पन्न खेलमा भारतले नेदरल्यान्ड्सलाई १७ रनले पराजित गरेको छ । भारतले दिएको १९४ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७६ रन मात्र बनाउन सक्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतका लागि शिवम दुबेले ३१ बलमा ६६ रनको विस्फोटक पारी खेले । यस्तै, कप्तान सूर्यकुमार यादवले ३४ रन, तिलक वर्माले ३१ रन र हार्दिक पाण्ड्याले ३० रनको योगदान दिएपछि भारतले ६ विकेटको क्षतिमा १९३ रन बनाएको थियो ।
नेदरल्यान्ड्सका बलरहरूमध्ये आर्यन दत्तले १९ रन खर्चेर २ विकेट लिए भने लोगन भान विकले ३ विकेट हात पारे ।
भारतले प्रस्तुत गरेको १९४ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्सका नेदरल्यान्ड्सका लागि बास डे लीडेले २३ बलमा ३३ रनको योगदान दिए भने जाच लियोन–क्याचेटले १६ बलमा २६ रन बनाए । यस्तै, नोआ क्रोएसले अविजित रहँदै १२ बलमा २५ रनको योगदान दिए ।
नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७६ रन मात्र बनाउन सक्यो र भारतले १७ रनको जित दर्ता गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण